काठमाडौं । पछिल्लो समय निर्माण सामग्रीको मूल्य घटिरहेको छ। अघिल्ला दुई वर्षको तुलनामा यस वर्ष निर्माण सामग्रीको मूल्य झनै घटेको छ। विशेषगरी सिमेन्ट, डन्डी र इँट्टाको मूल्य घटेको निर्माण सामग्री व्यापार महासंघको मूल्य विवरणले देखाएको छ। महासंघले दिएको मूल्य विवरणअनुसार दुई वर्ष अघिसम्म आर्थिक वर्ष २०७४।०७५ मा पिपिसी सिमेन्टको मूल्य प्रतिबोरा ७ सय २५ रुपैयाँदेखि ७ सय ४० रुपैयाँसम्म थियो। ओपिसी सिमेन्टको मूल्य प्रतिबोरा ८ सय २५ देखि ८ सय ५० रुपैयाँसम्म थियो।

अघिल्लो वर्षनै पिपिसी सिमेन्टको मूल्य बढेर प्रतिबोरा ६ सय ७० देखि ६ सय ९० पुग्यो। ओपिसी सिमेन्टको मूल्य ७ सय ७० देखि ८ सयसम्म पुग्यो। यो वर्ष सिमेन्टको मूल्य थप सय रुपैयाँसम्म घटेको महासंघको मूल्य विवरणले देखाउँछ। अहिले पिपिसी सिमेन्टको मूल्य प्रतिबोरा ५९० देखि ६१० रुपैयाँ छ। ओपिसी सिमेन्टको मूल्य ६ सय ९० देखि ७ सय २० सम्म छ।

त्यस्तै, डन्डीको मूल्य पनि गत दुई आवको तुलनामा यो आवमा घटेको देखिन्छ। दुई वर्षअघि हिमाल र पञ्चकन्या कम्पनीको डन्डीको मूल्य ८५–८६ रुपैयाँ प्रति केजी थियो भने लक्ष्मी, प्रिमियर, जगदम्बा, अम्बे कम्पनीको मूल्य प्रतिकेजी ७६(७७ रुपैयाँसम्म थियो।

अघिल्लो वर्ष हिमाल पञ्चकन्या डन्डीको मूल्य थोरै घटेर प्रति केजी ८३–८४ रुपैयाँ कायम भयो भने लक्ष्मी, प्रिमियर, जगदम्बा अम्बेलगायतका डन्डीको मूल्य ७५-७७ रुपैयाँ थियो।

चालू आवमा डन्डीको मूल्य घटेर हिमाल पञ्चकन्याको ७२–७३ पुगेको छ भने लक्ष्मी, प्रिमियर, जगदम्बा, अम्बेलगायतका डन्डीको भाउ घटेर प्रतिकेजी ६८–६९मा झरेको छ। इँट्टा व्यवसायी महासंघ, काठमाडौंले दिएको इँट्टाको मूल्य विवरणअनुसार गत दुई वर्षको तुलनामा यसपालि प्रति गोटा इँट्टाको मूल्य पाँचदेखि सात रुपैयाँसम्म घटेको छ।

पछिल्ला दुई वर्ष इँट्टाको मूल्य लगातार घटिरहेको इँट्टा व्यवसायी महासंघ, काठमाडौंका महासचिव केपी अवालले बताए। त्यस्तै ढुंगा गिटीको भाउ पनि घटेको छ। दुई वर्षअघि कालो ढुंगाको गिट्टी प्रति टिपर ९२६५ क्युफिट० २७ हजार र मेलम्चीको सेतो गिट्टी २५ हजार थियो।

अघिल्लो वर्षदेखि नै कालो गिट्टीको मूल्य दुई हजारले घटेर २५ हजार र मेलम्चीको सेतो गिट्टीको मूल्य प्रति टिपर ६ हजारले घटेर १९ हजार पुगेको छ। वासिङ बालुवा र खोलाको बालुवाको भाउ पनि अघिल्लो वर्षको तुलनामा लगभग स्थिर रहेको नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी अपरेटर संघका अध्यक्ष दिपक कुँवरले जानकारी दिए। ‘बालुवा र गिट्टीको मूल्य गत वर्षको तुलनामा उस्तै भए पनि व्यापार भने सुस्त छ,’ कुँवरले बताए।

किन लगातर घटिरहेको छ निर्माण सामग्रीको भाउ ?

यसरी निर्माण सामग्रीको मूल्य लगातार घट्नुको प्रमुख कारण भूकम्पले भत्काएका अधिकांश संरचना बनिसक्नु रहेको निर्माण सामग्री व्यापार महासंघका संस्थापक महासचिव शिवप्रसाद मानन्धरले बताए।

‘अघिल्ला वर्ष पुनर्निर्माणका काम धमाधम भएका थिए र निर्माण सामग्रीको माग बढेको थियो। यो वर्ष काम सुस्त छ र माग पनि कम छ। जसकारण निर्माण सामग्रीले मूल्य पाउन सकेको छैन’, उनले भने।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत महिना सार्वजनिक गरेको तथ्यांङअनुसार निजी आवासतर्फ ८ लाख २६ हजार ९ सय ६९ लाभग्राही पहिचान गरिएकामा हालसम्म करिब ४ लाख ८२ हजार ३ सय २३ घर निर्माण सम्पन्न भइसकेको छ।

सार्वजनिक परियोजनाको काम अलपत्र हुँदा निर्माण सामग्रीले मूल्य पाउन नसकेको निर्माण सामग्री व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले बताए। ‘निर्माणाधीन आयोजनामा म्याद थपको समस्या, क्रेडिट लाइन परिवर्तन, आयोजनाको भुक्तानीलगायतका समस्याले निर्माणका आयोजना अघि बढ्न सकेन, जसकारण सामग्रीको खपत कम छ र मूल्य पनि घटेको छ,’ उनले भने।

क्रेडिट लाइन भनेको कम्पनीरव्यवसायीका लागि चाहिएको समयमा रकम उपलब्ध गराउन बैंकले दिने प्रतिवद्धता हो। पहिले व्यवसायीले कुनै आयोजनामा ठेक्का हाल्दा क्रेडिट प्रतिवद्धता पत्र लिए पुग्थ्यो। नयाँ व्यवस्थाअनुसार निर्माण व्यवसायीले ठेक्का परेदेखि आयोजनाको काम सम्पन्न भएर हस्तान्तरण भएको पत्र नपाउँदासम्म बैंकमार्फत् क्रेडिटलाइन लिनुपर्ने भएको छ।

सरकारबाट व्यवसायीहरूले अग्रिम भुक्तानीस्वरूप आयोजनाको लागतको २० प्रतिशतसम्म रकम पाउने भएकाले त्यसकै आधारमा बैंकहरूले ग्यारेन्टी गरिदिएका हुन्छन्। ग्यारेन्टी गरेबापत व्यवसायीहरूबाट बैंकले वार्षिक ०।६ प्रतिशतको हाराहारीमा कमिसन लिन्छ ।

उक्त प्रावधान अनिवार्य गरिएपछि लागत बढेको र काम गर्न समस्या भएको निर्माण व्यवसायीको गुनासो छ। यसले निर्माणको काम प्रभावित भएको उनको भनाइ छ।

यसैगरी नयाँ व्यवस्थाअनुसार आयोजनाको समय सकिएपछि थप हुने समय कुल समयावधिको ५० प्रतिशत मात्रै हुने उल्लेख छ। यसले पनि निर्माणको काममा अप्ठ्यारो भएको र आयोजना प्रभावित भएको व्यवसायीको भनाइ छ।

‘हाल तीनै तहका सरकारी आयोजना २ हजारदेखि २२ सय अलपत्र छन्, आयोजनाको म्याद थप र भुक्तानी भएमा २० प्रतिशत काम हुन्थ्यो, र विकास लागि छुट्टाएको बजेट आधा खर्च हुन्थ्यो’, अध्यक्ष सिंहले भने।

‘धमाधम निर्माणका काम हुनसके निर्माण सामग्रीको माग बढेर मूल्य पनि बढ्थ्यो’ उनले थपे। निर्माण सामग्रीले मूल्य नपाउँदा नेपाली कम्पनीलाई टिक्नै मुश्किल परिरहेको निर्माण सामग्री व्यापार महासंघका संस्थापक महासचिव मानन्धरले बताए।

‘वर्ष दिनदेखि घाटामा गएर व्यवसायीले कम्पनी जसतसो टिकाइरहेका छन्, निर्माण सामग्री व्यापारको अस्वस्थ प्रतिस्पर्धाले पनि नेपाली कम्पनी प्रभावित छन्, त्यसैले सामग्रीको उत्पादन र बजारीकरणको वातावरण बन्न आवश्यक छ’ उनले भने। विदेशी निर्माण सामग्रीले प्राथमिकता पाउँदा निर्माण सामग्रीको मूल्यमा असर परेको व्यवसायीले बताए। सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah