काठमाडौँ\ आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।गत साताको शुक्रबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७३ हजारमा कारोबार भएको छ ।
यस्तै चाँदीको भाउ भने तोलामा रु ५ ले घटेर ८८५ रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबारचाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।




