पछिल्लो समय प्रविधिको विकास भएसँगै विभिन्न उपकरणको प्रयोग पनि बढ्न थालेको छ । कति मानिसहरु जतिबेलै कानमा इयरफोन राखेर हिँडिरहेका हुन्छन् ।अझ कति त निदाउँदा पनि कानमा इयरफोन राखेरै निदाउने गरेका छन् ।

तर यसले नकारात्मक असर पनि पार्न सक्छ भन्नेमा उनीहरु सचेत नहुन सक्छन् । बजारमा पाउने सबै इयरफोन राम्रा नहुन पनि सक्छन् । त्यसले हामीलाई झन् समस्यामा पार्न सक्छ । कमसल इयरफोनले हामीलाई दिनप्रतिदिन कमजोर बनाउँदै लैजान सक्छन् । अझ पछिल्लो समय भएका अध्ययनहरुले के देखाएका छन् भने यसरी इयरफोन प्रयोग गर्दा मानिसमा क्यान्सरसमेत हुनसक्छ ।

इयरफोन लामो समय प्रयोग गर्नाले मानिसको सुन्‍न सक्‍ने क्षमतामा कमी आउँदै जान्छ । मानिसको शरीरमा ४० देखि ५० प्रतिशत श्रवण शक्ति घट्नुको कारणमा इयरफोनको धेरै प्रयोग मान्नेहरु धेरै छन् । यसले सबैलाई चाँडैै बहिरो बनाउन सक्ने पनि धेरैले लाग्न सक्छ ।

अध्ययनले अर्को के कुरा पत्ता लगाएको छ भने लामो समयसम्म कानमा इयरफोन राख्ने हो भने कान सुनिन पनि सक्छ । कान सुनिएपछि त्यसमा विभिन्न समस्या निम्तन सक्ने अध्ययनले पत्ता लगाएका छन् ।

इयरफोनमा जमेको धुलोका कारण कानमा इन्फेक्सन हुन पनि सक्छ । यसले ठूलो रोग पनि निम्त्याउँछ । स्पष्ट आवाज नसुन्ने, इन्फेक्सन हुने तथा कान दुख्ने समस्या पनि बढ्दै जानसक्छ ।

इयरफोनको धेरै प्रयोग गर्दा दिमागमा पनि असर गर्छ । यसले दिमागको स्नायु प्रणालीमा समेत हानी पुर्याउने चिकित्सकहरुले जनाएका छन् ।

धेरै र चर्को आवाजमा इयरफोनमा गीत सुन्ने बानी छ भने त्यसले झन् ठूलो समस्या निम्त्याउँछ । कतिसम्म भने यसले कानको क्यान्सरसमेत गराउने अध्ययनहरुमा आएको छ । त्यस्तै धेरै गीत सुन्नाले मुटुसम्बन्धी विभिन्न समस्या पनि निम्तिन सक्छन् ।फरक धार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah