दमक/बिद्यूत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र उर्जा मन्त्री जनार्दन शर्माले झापाको दमकमा आएर नागरिक अभिनन्दन लिदा झूट बोलेको भन्दै आक्रोश पोखिन थालेको छ । दमक र लखनपुरसंगै पुर्वी नेपाल नै लोडसेडिङमुक्त भनेर घोषणा गरेपनि अहिले पहिलाभन्दा बडि लोडसेडिङमुक्त भएपछि जनआक्रोश बढेको हो । उनिहरुले यहाँ लोडसेडिङ गर्नु पर्ने नै कारण नभएको भएपनि लोडसेडिङ हुदै आएको भनेर आफ्नै कर्मचारीको उछितो काडेका पनि थिए । अहिले लोडसेडिङ र झ्याप्प झ्याप्प लाइन गएपछि कुलमानलाइ यस क्षेत्रका बासिन्दाहरुले झूट बोलेको भन्दै सराप्न थालेकाछन् ।
सामाजिक तथा राजनीतिक अगुवा दिपेनवाला राइले आफ्नो फेसबुकमा लेखेकाछन्– ‘लखनपुर, दमक क्षेत्रमा केही दिन यता लगातर लोडसेडिङ भैरहेको छ, बिधुतप्राधिकरणमा बुझ्दा माथिकै आदेशमा पुरानो तालिकाअनुसार लोडसेडिङ भएको जवाफ आउछ । तपाईंको क्षेत्रमा कस्तो छ।।।रु यो कुलमान घिसिङको लोडसेडिङ मुक्त नेपाल बनाउने नारा झुठो हो कि प्राधिकरणको कर्मचारीहरुको बेईमानि हो । यसमा सम्वन्धित पक्षको ध्यान जाओस र हामी उपभोक्ताहरु पनि सचेत बनौ, आआफ्नो क्षेत्रको प्राधिकरणको कार्यलयहरुमा निगहरानि बढाऔ ।’



