काठमाडौं/ आज सोमबार नेपाली बजारमा सुनको मूल्यले अर्को ऐतिहासिक रेकर्ड बनाएको छ।
हिजो साताको पहिलो दिन आइतबार तोलामा एक हजार रुपैयाँ बढेर उच्च रेकर्ड बनाएको सुनको भाउ आज सोमबार पनि तोलामा ५ सय रुपैयाँ बढेको छ।
आज छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।
त्यस्तै, शुक्रबार ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ बढेर आज प्रतितोला ७५ हजार ७ सय रुपैयाँ पुगेको छ ।
आज चाँदी प्रतितोला ९ सय २० रूपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी ९ सय रुपैयाँमा कारोबार भएको थियो ।



