गर्भावस्थामा यौन सम्बन्ध राख्न हुन्छ ? प्राय दम्पतीबीच उठ्ने प्रश्न हो यो । भनाई के छ भने, गर्भावस्थामा यौन सम्बन्ध राख्दा गर्भको बच्चालाई असर गर्न सक्छ ।

तर, चिकित्सकको भनाई फरक छ । उनीहरु भन्छन्न, ‘गर्भावस्था सामान्यरुपमा चलिरहेको छ भने यौनसम्बन्ध राख्न कुनै जोखिम हुँदैन ।’ गर्भवती महिलाको पानीको थैली फुट्दासम्म यौनसम्पर्क राख्दा मिल्ने चिकित्सकको भनाई छ ।

असामान्य गर्भ भएमा, संवेदनशिल अवस्थामा भने यौन सम्बन्ध सुरक्षित मानिदैन । त्यसले जोखिम निम्त्याउन सक्छ । रक्तश्रावको समस्या भएका पनि चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।

एउटा सामान्य गर्भावस्थामा यौन समपर्कलाई प्रारम्भिक चरणमा गर्भपात वा योनीको संक्रमणको कारण मानिदैन ।

योनीको संक्रमण भयो भने पनि चिन्तित हुनु पर्दैन ।यौन सम्पर्कले संक्रमणको एन्टिबायोटिक उपचारमा कुनै वाधा गर्दैन । संक्रमणका बाबजुद यौनका कारण शिशुले समयभन्दा अगाडि जन्म लिने सम्भावना अत्यन्तै न्यून रहन्छ । अध्ययनबाट पत्ता लागेको छ कि सामान्य वा स्वस्थ गर्भावस्थामा सम्भोग र समयभन्दा अगाडि शिशुको जन्मबिच कुनै सम्बन्ध हुँदैन ।

त्यसो त जो महिला गर्भावस्थाका दौरान नियमितरुपमा सम्भोग गर्छिन्, उनले शिशुलाई समयभन्दा अगाडि जन्म दिने सम्भावना न्यून बन्ने पनि बताइन्छ । पतीले माथिबाट श्रीमतीलाई सामान्य धक्का दिँदा पनि बच्चालाई कुनै असर गर्दैन किनकि गर्भाशयको मजबुत मांसपेशीले शिशुको रक्षा गर्छ ।

चरमोत्कर्षपश्चात महिलालाई बच्चा अलि धेरै हलचल गरेको महसुस हुन सक्छ । यो तीव्ररुपमा मुटु धड्किएका कारण भएको हो न कि बच्चालाई कुनै असुविधा भएको ।

यस्तो अवस्थमा यौन सम्बन्ध नराख्ने राम्रो

डाक्टरले कुनै कुनै अवस्थामा गर्भवती महिलालाई यौन सम्पर्क नगर्ने सल्लाह पनि दिन सक्छन् ।
– रक्तस्राव
– पेट दुखाई वा ऐठन
– पानीको थैली फाट्नु
– ग्रीभाको कमजोरी
– प्लेसेन्टा प्रिविया तल अवस्थित हुनु
यदि श्रीमानलाई जनन्द्रिय दाद (जेनिटल हर्पिस) छ भने पनि यौन सम्बन्ध नगर्ने सल्लाह चिकित्सकले दिन सक्छन् । यदि महिलालाई गर्भावस्थाको दौरान पहिलोपटक जेनिटल हर्पिस भयो भने यसले गर्भमा बढिरहेको शिशु प्रभावित बन्ने थोरै जोखिम हुन्छ ।क्यानडानेपालबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah