दमक/ युवा गायक मोहन थेगिम लिम्बू पछिल्लो समय कलेजो, पेट र मृगौला सम्बन्धी रोगले पीडित बनेका छन् । दमक–१ कुमाल चौकस्थित फर्निचर व्यवसाय सञ्चालन गरिआएका गायक थेगिमको उपचारमा आर्थिक समस्या उत्पन्न भएको छ ।

लामो समय दमक, बिराटनगर, धरान हुदै काठमाण्डौमा उपचारत उनै गायक थेगिम केही दिनअघि झापा दमकस्थित घर फर्किएका छन् । आर्थिक अवस्था कमजोर उनको उपचारमा सहयोगी मनकारी दाताहरुले जुटाएको रुपैयाले अहिलेसम्मको उपचार भइरहेको परिवारले जानकारी गराएको छ ।

इलामको चुलाचुली गाउँपालिकाका निवासी गायक थेगिम दमकमा फर्निचर उद्योग सञ्चालन गर्दैै परिवारको जीविका पार्ज्न गरिरहेका थिए । तर, उनको कमाईले परिवारको हातमुख जोडिरहेका भएपनि पछिल्लो समय अस्पतालमा बसाईले परिवारमा आर्थिक समस्या उत्पन्न भएको परिवारले जनाएको छ ।

यसैवीच, आइतबार झापाको कनकाई नगरपालिकाको दुर्गापुर बजारमा गायक मोहन थेगिम बचाउ अभियान अन्तरगत जीवनको लागि संगीत यात्रा आयोजना गरिएको छ । चर्चित नायक राजेश घतानी, गायक बोकेदारी अर्थात श्रीकृष्ण लुइटेल र गायक बिक्रम थुलुङले कार्यक्रममा प्रस्तुती दिएका थिए । उनै दुई गायकका सांगीतिक प्रस्तुतीहरु सहित रातो भालेले समेत मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।

जीवनको लागि संगीत यात्रा कार्यक्रमका संयोजक अशोक क्षेत्रीका अनुसार गायक थेगिमको उपचारमा आर्थिक सहयोग जुटाउन कार्यक्रम गरिएको हो । कार्यक्रममा थेगिमका बुबा र कान्छी आमाको पनि उपस्थिति थियो । पछिल्लो समय युट्युव मार्फत भाईरल जोडीको रुपमा परिचित गायक थेगिमका बुबा र कान्छी आमालाई समेत हेर्न कार्यक्रममा सयौं सं्रख्यामा दर्शकको उपस्थिती रहेको अशोक क्षेत्रीले बताए ।

कार्यक्रममा अशोक क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा चलचित्र निर्माता तथा सामाजिक अगुवा रोशन लिम्बुको प्रमुख आतिथ्यता थियो ।

युथ ग्रुप नेपालकाो सहकार्यमा आयोजित कार्यक्रममा रु ५० हजार सङ्कलन भएको कार्यक्रम संयोजक क्षेत्रीले हाम्रोसरोकारलाई जानकराी दिए । उनले मानवीय सेवामा समर्पित भएर सहयोग गर्ने र कलाकार र स्थानीयवासीलाई आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।हाम्रोसरोकार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah