काठमाडौं/ आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।हिजो मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज रु १००० ले बढेर ७६ हजार ५ सय रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।
त्यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला ७६ हजार २ सय रुपैयाँ पुगेको छ ।आज चाँदी प्रतितोला ९ सय २० रूपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी ९ सय रुपैयाँमा कारोबार भएको थियो ।




