काठमाडौं/ तपाइले अदुवा र तुलसीको चिया खानु भएकै होला रु के तपाइले प्याजको चिया पिउनुभएको छ रु सुन्दा अचम्म लाग्न सक्छ, तर प्याजको चिया निकै फाइदाजनक हुन्छ । प्याजको चिया पिउनाले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । प्याजको चिया बनाउन ।
पानी उमालेर काटेको प्याज हाल्नु पर्छ । त्यसपछी बनेको प्याज चियालाई छान्नुपर्छ । स्वादका लागी यसमा कागती वा ग्रीन टी ब्यागमा हाल्न सकिन्छ । गुलियो चाहिएमा मह पनि हाल्न सकिन्छ । यस्तो प्याजको चिया पिउनालेहाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ ।
यसको सेवनले हाइपरटेन्शनबाट बचाउन सहायक हुन्छ । यसले रगतको थेक्लो जम्न नदिन पनि यो फाइदाजनक सावित हुन्छ । यसले डायबिटीजबाट आराम दिलाउछ। यसको साथै प्याजको चियाको सेवनले क्यान्सरको कोशिकाहरूको विकास हुन दिदैन ।
विशेषगरी यो कोलोन क्यान्सरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेबनले मोटोपन पनि कम हुन्छ । अनिन्द्राको समस्या छ भने यसको सेबन गर्नाले राम्रो हुन्छ । निन्द्रा नलाग्ने समस्या छ भने पनि प्याज चिया खानाले निद्रा आउँछ ।



