काठमाडौं । काठमाडौं महानगरपालिको प्रमुख र उपप्रमुखले उम्मेदवारी फिर्ता नलिएसंगै नाम दर्ता गराएका सबै उम्मेदवार बनेका छन् । 

प्रमुख निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालका अनुसार उम्मेदवारीमाथि दाबी बिरोधसमेत नभएका अवस्थामा नाम दर्ता गराएका सबै उम्मेदवार बन्नेछन् ।  

अन्य केही पदमा भने नौ जनाको उम्मेदवारी फिर्ता भएको छ । काठमाडौँ महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये पाँच वडाध्यक्ष र चार सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् । 

प्रमुख निर्वाचन अधिकृत ढकालका अनुसार कामपा –३२ मा राप्रपाकी उम्मेदवार मीना गिरी तथा स्वतन्त्र उम्मेदवार वडा नं ११ का रितेश केसी, वडा नं १६ का रवीन्द्रकुमार श्रेष्ठ, वडा नं ७ का कैलाश गड्तौला र वडा नं ९ का सुवास ढकालले अध्यक्षको उम्मेदवारी फिर्ता लिएका हुन् ।  

त्यसैगरी कामपा–५ बाट राजु डङ्गोल, वडा नं १६ बाट सुशीला मानन्धर, वडा नं ३१ बाट गणेशकुमार श्रेष्ठ र वडा नं ११ बाट पवनजङ्ग ठकुरीले सदस्य पदको उम्मेदवारी फिर्ता लिएका छन् । 

कामपामा एक सय ६२ पदका लागि राजनीतिक दल र स्वतन्त्र गरी आठ सय ८७ जनाको उम्मेदवारी परेको थियो । 

महानगर प्रमुखमा २८, उपप्रमुखमा १३ तथा वडाध्यक्ष र सदस्यमा आठ सय ४६ को उम्मेदवारी परेको थियो ।

विभिन्न ठाउँमा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल मिलिरहेको भनिरहँदा काठमाडौंको प्रमुखमा माओवादीले काँग्रेसलाई सघाउने सर्त रहेको बताइएको थियो ।

तर माओवादी केन्द्रका उम्मेदवारले नाम फिर्ता नलिएसंगै काँग्रेसीहरु माओवादीले धोका दिएको बताएका छन् । के माओवादीले धोका दिएकै हो त ? 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah