नेपाली कांग्रेसको तर्फबाट पर्वत कुश्मा नगरपालिकाका प्रमुखका उम्मेदवार रामचन्द्र जोशीको घरमा सकेट बम फेला परेको छ ।

कुश्मा नगरपालिका–५ स्थित लोकतन्त्रचोकस्थित जोशीको पत्नी गंगाले घरमा सरसफाई गर्नेक्रममा टेबल मुनी बिहिबार शंकास्पद बस्तु भेटेकी थिइन् ।

लगत्तै प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बम हुन सक्नेभन्दै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो ।

उक्त टोलीले उक्त शंकास्पद पोकोभित्र सकेट फेला पारेको हो ।

जिल्ला प्रहरी प्रमुख शेखर खनालले नेपाली सेनाको टोलीले पोको खेल्दा सकेट फेला पारेको पुष्टि गरे ।

 ‘पोको खोलेर हेर्दा सकेट फेला परेको छ’ खनालले भने ।

बुधबार मात्रै एक अनलाइनमा जोशीको घरमा बम रहेको भन्दै समाचार प्रकाशित भएको थियो ।

प्रहरीले उक्त अनलाइन सञ्चालकलाई सोधपुछ गरेर छाडेको थियो ।

तर, बिहीबार एकाएक अनलाइनमा प्रकाशित फोटोकै आकारमा चारैतिर बाँधिएको पोखो फेला परेको हो ।

बम रहेको हल्ला चलेपछि कुश्मामा बिहिबार साँझ हल्लाखल्ला चलेको थियो ।

घटनापछि बिहीबार राति जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक बसेको छ। जोशीको घर जिल्ला प्रशासन कार्यालयको गेट अगाडि नै रहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah