पर्सा । छोराले अन्तरजातीय बिहे गरेकै कारण बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर आठ दिन थुनेको छ ।

पर्साको बहुदरा गाउँपालिका १ का जमुना साह कलवारलाई प्रहरीले वैशाख १४ गते नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दामा आठ दिन थुनेको हो ।

कलवारका छोरा २७ वर्षीय रामबाबु साह कलवारले गाउँकै अलियास देवानकी छोरी २१ वर्षीया सौयादासँग बिहे गरेपछि त्यही आरोपमा प्रहरीले बेहुला रामाबाबुका बुबा जमुनालाई पक्राउ गरेर आठ दिन थुनामा राखी बिहीबार छाडेको छ ।

प्रेम सम्बन्धमा रहेका रामाबाबु र सौयादाले करिब डेढ महिनाअघि घरबाट भागेर भारतको दिल्लीमा गई मन्दिरमा बिहे गरेका थिए ।

बेहुलीका बुबा अलियासले रामबाबु र उनका बुबा जमुनालगायतले आफ्नी नाबालिग छोरीलाई ललाई फकाई अपहरण गरेर बेपत्ता बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएपछि प्रहरीले गत वैशाख १४ गते जमुनालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरी थुनामा राखेको हो ।

पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले केटी पक्षले रामबाबु र उनका बुबाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गराएको र खोजतलासका क्रममा रामबाबु फरार रहेकाले उनका बुबा जमुनालाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधअन्तर्गतको मुद्दा चलाइएको बताए ।

प्रहरीले बेहुलाका बुबा जमुनालाई नियन्त्रणमा लिएर थुनामा राखेपछि बेहुला रामबाबु र बेहुली सौयादा बुधबार जिल्ल प्रहरी कार्यालय पर्सामा हाजिर भएका थिए ।

ती दुवैलाई पनि प्रहरीले रातभर थुनेर राखेको थियो । (अन्नपूर्ण पोष्ट दैनिक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah