बालबालिका हराउने दर दोब्बरले बढ्यो आखिर किन ?

काठमाडौँ । काभ्रेका कोपिला गिरीको बसोबास ललितपुरको बङ्गलामुखी नजिकै छ । आफ्ना ३ छोरा र एक छोरी विद्यालय पठाएर कोपिला काममा जानुहुन्छ । फर्केर आउँदा छोराहरु घरमा हुँदैनन् । कहिले कुन छोरा घरबाट निस्किन्छ, कहिले कुन छोरा हराउँछ ।

यसपटक भने उहाँको ९ वर्षको माइला छोरा बेपत्ता भए । ३ हप्तासम्म उहाँले घर, विद्यालय, नातागोता सबैतिर खोज्नुभयो । केही नलागेपछि खोजीका लागि काठमाडौँको भृकुटीमण्डपस्थित बालबालिका खोजतलास सम्मन्वय केन्द्र पुग्नुभयो । संयोगवस उहाँको छोरा भेटिए ।

दाङ घोराहीका डोमाकान्त खनालका छोरा वेपत्ता भएको एक वर्षपछि भेटिए । विद्यालयमा शिक्षकसँग सामान्य विवादका कारण उहाँको छोराले घरै छाडेको पाइयो ।

एक वर्षपछि भारतबाट फर्काइएका छोरालाई उहाँले कानुनी प्रक्रिया पूरा गरेर बालबालिका खोजतलास सम्मन्वय केन्द्रबाटै घर लैजानुभयो ।

२०६३ सालयताको तथ्याङ्क केलाउने हो भने बालबालिका हराउने क्रम बढेको छ । २०६३/६४ मा १ हजार ९ सय ६ जनाबालबालिका हराएकोमा आर्थिक वर्ष ७५/७६ सम्म आइपुग्दा ३ हजार ४ सय २२ बालबालिका हराएका छन् ।

बालबालिका खोजतलास सम्मन्वय केन्द्र भृकुटीमण्डपका प्रमुख मोहनबिक्रम दाहाल बालबालिका हराएको खबर गर्ने तर भेटिएको नगर्ने प्रवृत्तिका कारणका कारण पनि हराउने बालबालिकाको दर बढेको बताउनुहुन्छ ।

हराउनेहरू बालकभन्दा बालिका धेरै छन् । २०७२/७३ मा ६ सय बालक हराउँदा ९ सय २ जना बालिकाहरू हराएका छन् । आर्थिक वर्ष ७३/७४ मा १७ सय २५ बालिकाहरू हराएका छन् त्यो वर्ष बालकहरू १ हजार ४७ जना हराएका थिए ।

सोही वर्ष ३ सय ६७ बालिका फेला परे भने अरु अहिलेसम्म हराएको सूचीमा नै छन् । गत आर्थिक वर्षमा बालकभन्दा बालिका दोब्बर बढीले सङ्ख्यामा हराए ।

गत आर्थिक वर्षमा १ हजार ५१ जना बालकहरू हराए भने २३ सय ७१ जना बालिका हराएका छन् । हराएका बालिका मध्ये १० वर्षभन्दा माथिका ८० प्रतिशत छन् ।

बालकको तुलनामा बालिकाहरू धेरै किन हराउँछन् ? जवाफमा खोज तलास सम्मन्वय केन्द्र भृकुटीमण्डपका प्रमुख मोहनबिक्रम दाहाल किशोरीहरू सानैमा विहे गरेर भाग्ने, घरमा काम गर्न राख्न चाहनेले पनि किशोरी नै खोज्ने, अरु श्रममा पनि किशोरी नै इमान्दार हुने भएकाले बालिकाहरू हराउने दर बढेको हो भन्नुहुन्छ ।

गत आर्थिक वर्षमामात्रै १ हजार ५१ बालक हराउँदा २३ सय ७१ बालिकाले घर छोडे । हराएका बालिका मध्ये १० वर्षभन्दा माथिका ८० प्रतिशत छन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे पनि हराएको खबर हुने तर भेटिएको नहुने कारणले हराउनेहरूको सङ्ख्या धेरै देखिएको दाबी गर्नुहुन्छ ।

आफूखुसी विवाह र घरेलु कामदारको रूपमा बढी जाने भएकाले बालिका हराउने दर बढेको सरकारको दाबी छ । मनोबैज्ञानिक हिसाबले पनि बालिका अलिक भाबुक हुने भएकाले सानो समस्यामा नै घर छोडेर भाग्ने गरेको देखिन्छ ।

विद्यालय मनोविद् मधुविलास खनाल पहिले घरबाटै बालिकाहरूलाई आवश्यक माया, ममता र हेरचाह दिनुपर्ने बताउनुहुन्छ ।

बालबालिकाको बारेमा बुझ्ने, उनीहरूसँग जतिसक्दो धेरै संवाद गर्ने, उनीहरूको गाह्रो, अफ्ठेरोलाई समाधान गरिदिने गर्नुपर्छ । छोरा, छोरीलाइ साथी जस्तै व्यवहार गर्नसके उनीहरू घर र परिवारभन्दा टाढा जान चाहाँदैनन् ।

तर उनीहरूको कुरा नबुझ्ने, झर्को, फर्को गर्ने गर्दा बालिकाहरू घर छोडेर हिड्ने जोखिम हुन्छ । मनोविद् खनालका अनुसार घरपछि बालबालिको स्याहार गर्ने जिम्मा विद्यालयको हो ।

‘विद्यालयमा बालबालिकाको पढाइ, लेखाइ, बाहिरी गतिविधि सबै कुरालाई सन्तुलित राख्ने कोसिस गर्नुपर्दछ, त्यसो भएको खण्डमा मात्रै बालबालिकाहरु घरदेखि विद्यालयसम्म सुरक्षित हुन्छन् ।’ खनालले भन्नुभयो ।

प्रहरीको तथ्याङ्क अनुसार २०६३ सालयता हराएका ११ हजारभन्दा धेरै बालकमध्ये ७ हजार १ सय ७० मात्र भेटिएका छन् । वेपत्ता भएका १३ हजारभन्दा धेरै बालिका मध्ये भेटिने सङ्ख्या ७ हजार २ सय १६ मात्र छ ।

बालिका हराउने दर घटाउन प्रहरी, मन्त्रालय, बाल अभियन्ताहरूसँग मिलेर चेतनामूल कार्यक्रम गरिएको राष्ट्रिय बालअधिकार परिषद्ले दावी गरे पनि प्रभावकारी देखिएको छैन ।सि.आइ.यन. बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah