काठमाडौं / आज आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबार तोलामा एक सय रुपैयाँ बढेर ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँ बढरेर तोलाको ७५ हजार रुपैयाँ पुगेको छ।
यसैगरी आज तेजावी सुनमा पनि प्रतितोला २ सय रुपैयाँ बढेको छ । आज तेजावी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ प्रतितोला ८ सय ९० रुपैयाँ रहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।



