दमक/ बिगत तीन बर्षदेखी दमकमा स्थापित भएर सुचना सम्प्रेषण गर्दै आएको  अनलाइन मिडिया सवाल नेपाल सुचना, मनोरञ्जन र निरन्तर खबरदारी मुलक मिडियाको रुपमा स्थापित गर्ने योजना अनुसार सन्देशमुलक साथै मनोरञ्जनात्मक वेव सिरिजको निर्माण एवं प्रसारण शुरु गरेकाे छ।

युवा पुस्तामा बढ्दो टेलिसिरियलको क्रेजलाइ ध्यान दिइ किशोर किशोरी तथा युवाहरुका समस्याहरुलाइ मनोरञ्जनात्मक रुपमा उठान गरि ती समस्या समाधानको निम्ति विभिन्न जीवनउपयोगी सिपहरु समेत सिकाउने अभिप्रायका साथ ‘कलेज लाइफ’ सिरिजको परिकल्पना गरिएको निर्माण कम्पनिले पत्रकार सम्मलेन गरी जानकारी गराएकाे छ।

यसैबीच अाज नै यस वेव सिरिजको ट्रेलर पनि सार्वजनिक गरीएकाे छ। ट्रेलरमा मुख्य कलाकारहरू अभिनय देख्न सकिन्छ। सिरिजकाे मुख्य कलाकारहरु केदार बाबू पौडेल, कविता चापागाईं, बिमला तामाङ, सोनिया न्यौपाने, मिना न्यौपाने, सस्मित राणा मगर,दिपक खरेल,मनिष भट्टराई, मनोज गौतम र धिरज खतिवडा रहेका छन । सुवास सुवेदीकाे लेखन तथा निर्देशन रहेकाे याे सिरिजकाे निर्माता केदार बाबू पौडेल, काश्मिरा राई र सुवास सुवेदी हुन।

मोफसल बाट शुरु गरिएको यो प्रयासलाई सफल बनाउन दर्शकहरूकाे सहयोग अपरिहार्य  भएकाेले यस प्रयासमा प्रचारप्रसार, सल्लाह र सुझावको निम्ति अमुल्य सहयोगको अपेक्षा गरेकाे निर्माण टिमले बताएकाे छ ।

हेर्नुहाेस ट्रेलरः

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah