ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन हिडेका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको निधन भएको छ। पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले शेरचनको शनिबार निधन भएकाे  जानकारी दिए ।

म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेड नेपाल नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट हिडेका थिए । शेरचन काठमाडौंबाट हेलिकोप्टरमा नाम्चे बजार हुँदै सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए । शेरचनको आरोहणका लागि ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ नै चलाइएको थियो।

यसअघि ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लागेका शेरचनले सगरमाथा आरोहण गर्न सुरु गरे पनि वैशाख १२ गतेको भूकम्पको कारण आरोहण स्थगित गरेका थिए ।

शेरचनले सन् २००८ मा ७६ वर्षको उमेरमा तीन सय ४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका थिए । तर ८० वर्षीय जापानी नागरिक युचिरो मिउराले सो रेकर्ड तोडेपछि अहिले पुनः रेकर्ड कायम गर्न शेरचन सगरमाथा चढ्न लागेका थिए ।

शेरचनको आरोहण दललाई म्याग्दी प्रवासी नेपाली संघ बेलायत, गैरआवासीय नेपाली संघ बेलायत, थकाली समाज बेलायत र मगर समाज बेलायतले सहयोग गरेका थिए। शेरचनको आरोहणका लागि करिब ९५ लाख रुपैयाँ तय गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah