चितवन , २३ वैशाख भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालको गाडीमा आक्रमण गर्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालको भरतपुर १० स्थित स्याउलीबजारमा रहेको क्वाटर नजिकै पार्किङ गरिएको बा ११ च ९०३० नम्बरको गाडीलाई लक्षित गरी बम प्रहार भएको थियो ।

क्वाटरको २०० मिटर अगाडि खाली चौरमा पार्किङ गरिएको बेला नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणमा गाडीको सिसा फुटेको भए पनि मानवीय क्षति भने भएन ।

घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । सवारी तोडफोडमा र नक्कली बम राखेर आतंक मच्चाउने तीनै जनालाई हुलियाको आधारमा पहिचान गरिएको प्रहरीले बताएको छ, जसमध्ये दुई पक्राउ परेका हुन् ।

दुबै विप्लव माओवादीका कार्यकर्ता भएको खुलेको छ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आधारमा प्रहरीले शनिबार बिहानसम्म १४ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah