उत्तारचढावकावीच कारोबार हुँदै आएको पहेलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेको छ ।

स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ़ेको हो । यही सोमबार र मंगलबार प्रतितोला ७६ हजारमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बुधबार सामान्य घटेर प्रतितोला ७५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ पुगेको छ ।

यसअघि गत पुस २३ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय रुपैयाँ पुगेको थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । विश्व बजारमा बिहीबार सुनको मूल्य प्रतिअंस हजार ५ सय ८२ अमेरिकी डलर पुगेको छ ।
खपत ओरालो

पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो ।

अमेरिका-चीन व्यापार युद्ध, अमेरिका-इरान तनाव केही मत्थर भए पनि निष्कर्षमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको व्यवसायीको भनाइ छ ।

सुनका मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ओरालो लाग्न थालेको छ । महासंघका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ ।

करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासंघले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah