काठमाडौं। स्थानिय तहको चुनावी सर्गर्मी वढ्दै जाँदा चुनावमा खडा भएका उमेद्वारको कारण पनि चुनावमा ध्यान तानिन थालेको छ। कतिपय उमेद्वारको उमेरको कारण कतिपय उमेद्वारको अन्य विभिद विशेषताले उनीहरु चर्चामा रहेका छन्। यहि बिशेषताले पनि मतदाताहरु उनीहरुप्रति आकर्षित भएका छन्।

स्थानिय तहको चुनाव हुन लागेका प्रदेश नम्वर ३, ४ र ६ मा त्यस्ता कैयन उमेद्वारले मतदाताको ध्यान तानेका छन्। काठमाडौंको टोखामा पनि नपुगेकी उपमेयरकी यूवा उमेद्वार रजनी थापा अहिले निकै चर्चामा छिन। नर्स अध्ययन सकाएर विभिन्न विषयमा उच्च अध्ययन सकाएकी रजनी अहिले उनका ज्ञान र सिपका कारण पनि मतदातमाझ परिचित र लोकप्रिय  छिन्। सिटिइभिटीको ट्रेनर समेत रहेकी रजनी राजनीतिलाई पेशा बनाउन हुन्न भन्नेमा विश्वास राख्छिन। राजनीति समाजसेवाको माध्यम मान्ने उनले आफ्नो क्षेत्रमा अग्रजहरुसँग सहकार्य गर्दै सांस्कृतिक शहर टोखा र नयाँ बन्दै गरेको टोखा नगरलाई व्यवस्थित बनाउने सोच मेयरका उमेद्वार हरिहर अधिकारीसँग मिलेर तयार गरेकी छन्।

चुनावको चहलपहल र दौडधुपमा विहानैदेखि मतदातहरुमाझ पुगिरहेकी रजनी स्थानियहरुमाझ लोकप्रिय छिन। उनको लोकप्रियता उनकै सरलताको कारण पनि आर्जित भएको स्थानिय रमेश श्रेष्ठले बताए। उनले आफूलाई मात्र हैन पार्टीलाई नै मत जोड्ने हैसियत राख्छिन श्रेष्ठले भने।

मातृभाषा नेपालीका अतिरिक्त चाइनीज, जापानीज, अँग्रेजी र हिन्दी भाषामा पनि दख्खल राख्ने रजनीलाई धेरैले आफ्नो नगरको उमपेयरको रुपमा पाउँदा खुसी व्यक्त गरेका छन्। स्थानिय कालिका वानियाँ भन्छिन, ‘हामीले हाम्रो नगरमा यूवा महिला र सक्षम नेतृत्व पाएकामा गौरवान्वित छौ। अब जिताउने दायित्व पनि हाम्रै हो।’

अँग्रेजीमा स्नातक, राजनीतिशास्त्र पनि अध्ययन गरेकी रजनी अहिले कानुनमा स्नातक तहमा अध्ययन गरिरहेकी छिन। नेपाल ल क्याम्पसमा सभापतिको उमेद्वार थापा त्यहाँ चुनाव नहुँदा खल्लो अनुभव गरिरहेकी थिइन। अहिले उनी टोखाको उपमेयरमा काँग्रेसबाट प्रत्यासी छिन। राजनीतिमा रहेकाहरुलाई कानुनको ज्ञान भएमा राजनीति सजिलो हुने ठानेर आफू कानुको अध्ययनमा लागेको रजनी बताउँछिन। स्नातकोत्तरसम्मको अध्ययन गरेकी रजनी अध्ययनलाई राजनीतिसँगै लैजाने योजनामा छिन। राजनीतिबाट बचेको समय निकालेर पिएचडी गर्ने योजना पनि छ उनको। राम्रोसँग अध्ययन गर्न सके समाज बुझ्न सकिन्छ त्यसपछि नगरको विकास गर्न सकिन्छ उनको बुझाइ छ। साँस्कृतिक शहर टोखाको विकासको योजना र खाका दिमागभरि बुनेर हिडेकी उनले निर्वाचित भएको अवस्थामा त्यसलाई व्यवहारमा उतार्ने बताउँछिन।

सौन्दर्य प्रतियोगितामा पनि कुनै समय सहभागि भएकी उनले यस क्षेत्रमा ठूला ठूला कार्यक्रम गर्ने स्थानको अभाव पनि औंल्याइन। सभाहल बनाउनुपर्ने आवश्यकता छ। स्वास्थ्य क्षेत्रमा ठूला ठूला संरचना यस क्षेत्रमा रहँदा स्थानियलाई फाइदा पुगेको छ। उनले स्थानिय कृषकहरुलाई अर्गानिक खेतीतिर प्रेरित गर्नुपर्ने बताइन।

लामो राजनीतिक पृष्ठभुमिमा रहेको परिवारमा हुर्किएकी रजनी राजनीति मार्फत नै समाजसेवामा जुट्न आफू राजनीतिमा आएको बताउँछिन। नागरिकको सेवामा लाग्ने आफ्नो इच्छालाई मतदाताहरुले अनुमोदन गर्ने विश्वास समेत उनले राखेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah