२५ वैशाख,काठमाडौं  । आफ्नो पार्टीभित्र उत्पन्न विग्रहको कारण पूर्वराजा ज्ञानेन्द्र शाहको टाउकोमा थुपोरेसँगै राप्रपाका अध्यक्ष कमल थापा संकटमा परेका छन् । संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक अघि बढाउने मिति अघिल्लो आइतबार तोकिएको थियो । तर आइतबार बिहान बसेको राप्रपा संसदीय दलको बैठकमा १० जना सांसद अनुपस्थिति भए । यो अनुपस्थितिको दोष अध्यक्ष थापाले पूर्वराजा शाहमाथि थोपरेका थिए । समाचार स्रोतका अनुसार गत बुधबार बसेको पार्टीको शीर्ष तहको बैठकमा थापाले भनेका थिए– ‘हाम्रो पार्टी विभाजन गर्न राजाका मान्छेहरू लागेका छन्, यदि हाम्रो पार्टी कमजोर भयो भने राजा नागार्जुनबाट मात्रै होइन, निर्मल निवासबाट समेत लखिटिने छन् ।’ थापाको उक्त अभिव्यक्ति सुनेर धेरैले जिब्रो निकालेका थिए ।

एमालेसँगको चुनावी तालमेलको प्रसंगमा थापाको भनाइ थियो– ‘मलुकमा राष्ट्रवादी शक्ति र भारतपरस्त शक्तिबीच ध्रुवीकरण भइसकेको छ, उस्तै परे हामी एमालेसँग तालमेल मात्रै होइन, पार्टी एकीकरणका लागि पनि तयार हुनुपर्ने अवस्था आउँदैछ ।’ आगामी प्रदेश तह निर्वाचन र केन्द्रीय तह निर्वाचनलाई समेत ख्याल गर्दै एमालेसँग अहिले चुनावी तालमेल गरिएको भनाइ अध्यक्ष थापाको थियो । थापाको कार्याशैलीसँग असन्तुष्ट बनेका पूर्वपञ्चहरूले डा.प्रकाशचन्द्र लोहनीको नेतृत्वमा राप्रपा राष्ट्रवादी गठन गरिसकेका छन् भने पशुपतिशमशेर राणाले पनि छुट्टै पार्टी गठनको तयारी गरेका छन् । पहिलो चरणको निर्वाचन सकिनेवित्तिकै राजधानी काठमाडौं आउन राणाले आफ्ना समर्थकलाई सर्कुलर जारी गरिसकेका छन् । राणा र लोहनी एक ठाउँमा उभिए भने बहुमत संसदहरू कमल थापाको पार्टीबाट बाहिरिने राप्रपाका एक नेताले तरुणलाई बताए । कमल थापाले अंगालेको हिन्दुत्वको नारालाई राप्रपाभित्रका जनजाति नेताहरूले रुचाएका छैनन् । तरुण साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah