नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल र पार्टी धेरै भएपनि देशको समृद्धि र विकास एमालेले मात्र गर्न सक्ने बताउनु भएको छ ।

काठमाडौं महानगरको वडा नम्बर २१ मा सोमवार विहान भएको घरदैलो अभियानका क्रममा एमाले अध्यक्ष ओलीले एमालेलाई जिताउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

काठमाडौं महानगरको विकाशका लागि उत्कृष्ट उम्मेदवार विद्यासुन्दर शाक्य नै भएको भन्दै ओलीले  अलमलमा नपर्न पनि आग्रह गर्नुभयो ।

काठमाडौं भ्रष्टाचारमुक्त र विद्यामय हुने भन्दै मेयर छनौट चानचुने विषय वा बच्चाले गुच्चा खेलेको जस्तो नरहेको उहाँको भनाइ थियो ।

एमाले अध्यक्ष ओेलीले कुनै पार्टीले होइन सबै पार्टीका जनताले एमालेलाई भोट हाल्नेमा आफू ढुक्क रहेको भन्दै उहाँले कुनै अलमलमा नपर्न मतदातालाई अपिल गर्नुभयो । देख्दा सवै राजनीतिक दल उस्तै लाग्ने तर अन्य दलसँग एमालेको तुलना हुन नसक्ने उहाँको दाबी थियो ।

ओलीले नेपाली काँग्रेसले बहुमत ल्याउदा समेत काम नगरेको र सरकारको स्वामित्व रहेका कम्पनीहरु बेचेको भन्दै एमाले बहुमत ल्याए आउने असोज कात्तिकबाट समृद्धि र विकास भनेको के हो भन्ने देख्न पाइने बताउनुभयो ।

घोषणापत्र छाप्न पनि विदेशी कागज

एमाले अध्यक्ष ओलीले भृकुटी कागज कारखाना बेचिएकै कारण पार्टीको घोषणापत्रसमेत विदेशी कागज प्रयोग गर्नुपरेको बताउनुभयो ।

‘बाँसबारी छाला जुत्ता कारखाना बेचेपछि हामी विदेशी जुत्ता लगाउन बाध्य छौं,’ ओलीले भन्नुभयो,  ‘भृकुटी कागज कारखाना बेचेपछि हामी हाम्रो घोषणापत्र छाप्न पनि विदेशी कागज प्रयोग गर्नुपरेको छ ।’

कार्यक्रममा बोल्दै उहँले नेकपा एमालेले जितेपछि काठमाडौ भ्रष्टाचारमुक्त हुन्छ विद्यामय हुनेछ । महानगरपालिकाको मेयर भनेको गुच्चा खेल्ने खेलजस्तो होईन यो एमालेको उम्मेदवारहरुले मात्र गर्न सक्छ, त्यसकारणले सबै नेपाली जनतालाई एमालेको सूर्य चिन्हमा भोट हाली उम्मेदवारलाई जिताउनु आग्रह गर्नुभयो । उहाँले कुनै पार्टीले होईन सबै पार्टीका जनताले एमालेलाई भोट हाल्नेमा अाफू ढुक्क रहेकाे बताउनुभयाे ।

 “बाहिर हल्ला चलेजस्तो नेकपा एमालेमा कुनै असन्तुष्टी छैन, सबै कार्यकर्ता चुनावी अभियानमा दिनरात खटिरहेका छन् ।” उहाँले भन्नुभन्नुभो “बाँसबारी छाला जुत्ता कारखाना बेचेपछि हामी विदेशी जुत्ता लगाउन बाध्य छौ, भृकुटी कागज कारखाना बेचेपछि हामी हाम्रो घोषणापत्र छाप्न पनि विदेशी कागज प्रयोग गर्नुपरेको छ ।”

उहाँले माओवादीप्रति धेरै बोल्न चाहनुभएन । ” माओवादी भन्ने नै छैनन् पूर्व माओवादीको बारे के भन्नु । कार्तिक, मंसिरसम्म त पर्ख एमालेले बहुमत ल्याएर सरकार बनाएपछि समृद्धि र विकास भनेको के हो त्यति खेर देख्न पाईन्छ ।”  कार्यक्रममा पार्टीका एमाले नेता जिवनराम श्रेष्ठ, पूर्व मेयर केशव स्थापित,युवा नेता बसन्त मानन्धर लगायतका स्थानीय नेताहरुको बाक्लो बाक्लो सहभागिता रहेको उक्त ¥यालीमा पार्टी उपाध्यक्ष एवं ३ नं. प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पार्टी सचिव प्रदिप ज्ञवाली, बिष्णु रिमाल, भानुभक्त ढकाल लगायतका नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah