काठमाडौं, २५ वैशाख । अज्ञात समुहले बुढानिलकण्ठको वाटर इन्डस्ट्रीमा पेट्रोल बम प्रहार गरेको छ । शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले आज बिहान पेट्रोल बम प्रहार गरी एउटा गाडी,२ बटा मोटसाईलमा क्षति पु-याएको छ भने उद्योगको केही भाग जलेको छ ।
कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएर आएका पाँचजनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेको जानकारी दिए । उनी नेपाली कांग्रेस नुवाकोटका जिल्ला नेता पनि हुन । बम प्रहारबाट कम्पनीभित्र राखिएको बा ६ च ११७२ नंको कार पूर्ण क्षति पुगेको छ भने बा ५१ प ८५१३ नंको मोटरसाइकल पूर्ण क्षति भएको छ ।
त्यस्तै बा २६ प ८५१३ को मोटरसाइकलमा आंशिक क्षति पुगेको छ । नेपाली काँग्रेसका नेता महतले निर्वाचनका समयमा राजनीतिक प्रतिशोध राखेर आफ्नो कम्पनीमाथि आक्रमण भएको आरोप लगाएका छन् ।
प्रहरीले उक्त कम्पनीमा भएको क्षतिको विवरण तथा आक्रमणकारीको खोजी अगाडि बढाएको जनाएको छ ।



