जम्मा १८ वर्षको उमेरमा मेरो विवाह भयो। केही आफ्ना रहर र केही बाध्यताका बीच म बिहेलगत्तै जापान आउनु प-यो। हेर्दाहेर्दै कतिबेला साढे चार वर्ष बित्यो, पत्तै भएन। त्यसो त विवाहित म, जापानमा रमाएर बसेँ होला त ? त्यसमाथि त्यो उमेरमा गहिरोसँग प्रेम गरेको व्यक्तिलाई छोडेर आउनुपर्दा मेरो हालत पनि कम थिएन। तर यो हाम्रै भविष्यका लागि थियो। दुई जनाको मात्र होइन, पूरै परिवारकै भविष्यको सवाल थियो।

भविष्य चिताएर नै सायद कयौँ अवस्थामा मन अमिलो भए पनि विदेशमा बस्नुपर्ने बाध्यता रह्यो तर म विदेशमा रहेका बेला मेरो पति मेरो रहेनन्। बिहेपछिको एक वर्ष हामीबीच अति राम्रो सम्बन्ध थियो। उनीसँगको सहमतिमा नै म विद्यार्थी भिसामा जापान आएकी थिएँ। जापान आएको ६ महिना जति उनले मलाई ज्यादै मिस गर्थे, मैले पनि उनलाई छोड्नु परेकामा विस्मात लागेर आउँथ्यो। कहिलेकाहीँ त बरु सारा पढाइ छाडिदिऊँजस्तो लाग्थ्यो।

म जापान आइपुगेको छ महिनापछि नै मैले मेरा पति अर्की एक महिलासँग सम्बन्धमा छन् भन्ने थाहा पाएँ। त्यो दिन सायद मेरो जीवनको सबैभन्दा खराब दिन थियो। त्यो दिन रोएरै बित्यो। रोएर मात्र हुँदैन, एउटी पत्नीको धर्मले उनलाई सम्झाउनु पनि पर्छ भन्ने सोचेर उनलाई सम्झाएँ।

सम्झाउँदै गर्दा अचम्म भयो। उनले सरी, अब म ऊसँगको सम्बन्ध अन्त्य गर्छु भन्न थाले। मैले उनको कुरालाई विश्वास गरेँ। उनले देखाएको दृश्य र गरेका वाचालाई आफैँले कल्पना गरेजस्तो ठानेँ। लाग्यो, त्यो दिनको कुरा सकियो। मेरो पति अब सही ठाउँमा आए।

कहिलेकाहीँ सम्झाउने मान्छेको अभावमा त्यस्तो हुन पनि सक्छ भन्ने लाग्यो तर समस्या मैले सोचेजस्तो गरेर सुल्झिएन। फेरि उनी केटीहरुसँग हिँड्ने र रात बिताउने गर्न थाले। जुन दिन नयाँ कुरा थाहा पाउँथेँ, फेरि सम्झाउँथेँ। उनी मौन रहेर मेरा कुरा सुनिरहन्थे।

उनको मौनतालाई मैले धेरै समयसम्म सकारात्मक रुपमा लिएकी थिएँ तर त्यो पनि होइन रहेछ। फेरि पनि नयाँ अफेयरको कुरा सुनिन्थ्यो। यसपछि भने मलाई धेरै नै दिक्क लाग्यो। मैले अन्तिम पल्ट सम्झाउँदै भनेँ, ‘त्यसरी अरु केटीहरुसँग हिँडेर के हुन्छ ? मेरो हृदय दुखाएर, मलाई रुवाएर के पाउनुहुन्छ ? बरु कुनै केटी मन परेको हो भने ऊसित हिँड्नुको साटो बिहे गरेरै बस्नू, म आफ्नो बाटो लाग्छु।’

यो सुनेपछि भने उनी भड्किए। उनले मलाई नानाभाँतिको आरोप लगाए। कतिसम्म भने मैले यहाँ जापानमा कुनै केटा भएकाले हेला गरेको आरोप लाग्यो। यस्तै कुराले दिनदिनै झगडा बढ्न थालेपछि भने टाढाको सम्बन्धका कारणले पो यस्तो भएको हो कि भनेर एक वर्षअघि नेपाल फर्किएँ।

नेपाल फर्किएपछि भने म छ्याङ्ग भएँ। वास्तवमा मेरो अनुपस्थितिमा बढेको दुरी मेट्न अरु नै तयार भएछन्। म एक महिनाभन्दा बढी बस्दा पनि उहाँको स्वभाव परिवर्तन नभएपछि मलाई दिक्क लाग्यो। यसपछि मैले उनलाई यस्तै चाला हो भने डिभोर्स गर्न बाध्य नपार्नु भन्दै रिस देखाएँ। त्यसपछि त उनले जे भने, मलाई विश्वासै लागेन। उनले भने, ‘त्यसो गरिस् भने तँलाई काटेर म पनि मर्छु, त्यसै छाड्दिनँ।’

घरिघरि मेरो बूढो डिप्रेसनको बिरामी पो हो कि जस्तो पनि लाग्छ। मैले उनलाई डिभोर्स दिएँ र एक्लै बसेँ भने पनि त्यसो गर्न सक्तिनँ। अरुसँग मैले बिहे गरेँ भने पनि म नयाँ बूढोलाई उसलाई जस्तो माया गर्न सक्तिनँ जस्तो लाग्छ। म के र कसो गरौँको अवस्थामा छु। यस्तो अवस्थामा के गर्नु ठीक हुन्छ होला ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah