दमक/गरिबीका कारण राम्रो उपचार नपाएर अस्पतालमा नै मृत्यु भएका एक परिवारले आफ्नो छोराको शव ल्याउन समेत नसकेपछि दमकका युवा सामाजिक ब्याक्तित्व तथा दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य नबिनकुमार अग्रवालको पहलमा अस्पतालबाट शव ल्याएर दाहसंस्कार गरिएको छ । परिवारको अवस्था अत्यन्त नाजूक भएपछि काजक्रियाका लागि समेत उनको पहलमा सहयोग गरिएको हो ।

दमक १३ का २१ बर्षिय प्रशान्त महतको बिराटनगर स्थित न्यूरो अस्पतालमा पैसाको अभावमा मृत्यु भएको थियो । अस्पतालमा उठेको पैसा र औषधिको बिल तिर्न नसकेपछि पीडित परिवारले सहयोगका लागि हारगुहार गरेको थियो । सवाल नेपाल अनलाइन डिजिटलपत्रिका मार्फत पीडित परिवारले गरेको अपिल हेरेपछि सामाजिक युवा ब्यवसायि अग्रवालको पहलमा सहयोग जुटाउन र अस्पताबाट मृतकको शब ल्याउन प्रयत्न गरिएको थियो ।

अग्रवालका अनुसार गरिबीकारण उपचार नपाएको र मृत्यु भएपछि शव समेत अस्पताल नै रहेको सुनेपछि मन थाम्न नै नसकेर सहयोग जुटाउन लागिएको हो । अस्पताल र औषधिको बिलमात्र १० लाखभन्दा बढिको रहेको पाइएपछि अस्पताल प्रशासनमा गएर बारम्बार बार्ता र छलफल गरेर छूट गराइएको थियो । न्यूरो अस्पतालमा १ लाख र औषधिमा १ लाख २५ हजार बुझाएको अग्रवालले जानकारी दिए । अग्रवालले मात्र ७५ हजार रुपिया सहयोग गरेका थिए ।

बिरामीको उपचार र मृत्युपछि शव ल्याउनका लागि प्रयत्न गरेकी दमक १३ की चाँदनी बस्नेतले आफूले पनि सहयोग गरेर सहयोग जुटाउने अभियानमा लागेकी थिइन् । उनका अनुसार अहिले पीडित परिवारले सबैको सहयोगले शव ल्याएर दाहसंस्कार गरि काजक्रिया गरिरहेको छ ।  शव नै अस्पतालमा रहने अवस्था आएपछि आफूहरुले सबैसंग सहयोगको अपिल गरेको जनाइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah