दमक/प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली राजनीतिमा एक चर्चित ब्याक्ति हुन् । जसले धेरैसंग ‘लभ’ गरेकाछन् ।
उनले उछितो काड्ने देखि लिएर उनिप्रति नरम देखिनेसम्मसंग मायाप्रीति गाँसेकाछन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंगको लभदेखि लिएर अहिले पछिल्लो समयमा बिजय गच्छदारसंगको लभसम्म आइपुग्दा उनले धेरै नै चर्चा कमाएकाछन् ।‘लभ’को सन्दर्भमा नयाँ रेकर्ड बनाएकाछन् ।
ओलीसंगको लभ टुटाएर सम्बन्ध बिच्छेद गरेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग लभ गरे । त्यसको परिणाम उनि प्रधानमन्त्री बने । त्यसपछि लामो कसरत पछि देउवासंगै राप्रपाका अध्यक्ष कमल थापासंग पनि मायापीरति गाँसेर सरकारमा ल्याए । त्यो लामो टिकेन । प्रधानन्याधिशलाइ महाअभियोग लगाएपछि सम्बन्ध बिच्छेद हुन पुग्यो । बीचमा मधेशी मोर्चालाइ पनि आश्वसन बाँडेर भएपनि आफूमा आकर्षित गराएर प्रभावमा पारे ।
अब अहिले बिजय गच्छदारलाइ सरकारमा ल्याएर फेरि सरकार बलियो बनाउने प्रयत्न गरेकाछन् । सरकारमा मूख्य घरमूलि रहेको काँग्रेस तथा काग्रेस सभापति शेरबहादुर देउवा यसबाट त्रसित भएको बताइन्छ । निर्वाचन आउन एकसाता बाँकी छ र तत्काल सरकार छाड्ने प्रतिबद्धता माओबादी केन्द्र तथा प्रचण्डको छ ।
तर सरकार बिस्तार भएको छ र यसले सरकार तत्काल छाड्ने मूडमा प्रधामन्त्री नरेहको श्रोतहरु बताउछन् । सरकार परिवर्तन गर्दा दोश्रो चरणको निर्वाचन नहुने सम्भावाना रहने भन्दै प्रचण्डले जेठ ३१ सम्म सरकार चलाउन सक्नेछन् । यसबाट देउवासंगको ‘लभ’मा गडबिढ आउन सक्छ । मूख्य घरमूलिको रुपमा रहेको काँग्रेसले साथ छाड्न सक्छ ।



