भक्तपुर । एकाबिहानै आफ्नै फुपूको छोरालाई खुकुरी हानेर फरार भएका मध्यपुरथिमि नगरपालिका–३ कौशलटारका २५ वर्षीय पारस कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ ।

कौशलटार, सागबारीमा नेपाली सेनाका कर्णेल आनन्दसिंह भाटका घरमा भाडामा बस्दै आएका आफ्नै मामाका छोरा ३२ वर्षीय सरोज सुवेदीलाई कोइरालाले आज बिहान ७ः३० बजे कोठामै गएर खुकुरी प्रहार गरी फरार भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

अभियुक्त कोइरालाको चौतर्फी खोजी गर्ने क्रममा मोटरसाइकलमा पोखरातर्फ जाँदै गर्दा धादिङबाट पक्राउ गरी भक्तपुर ल्याइँदै गरेको बताइएको छ ।

झापा तामुङ्दुवा– ३ घर भई सागबारीमा बस्ने एसबिआई बैंक लैनचौरका प्रबन्धक सुवेदीको उपचारका लागि बिएन्डबी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । घरमा सुवेदीका श्रीमती, बच्चा र काम गर्ने महिला भएकै बेलामा बिहानै आएका कोइरालाले कोठामा बसिरहेका सुवेदीमाथि एक्कासि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah