काठमाडौं, २६ बैशाख । सत्ता गठबन्धन र संघीय गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । संविधान संशोधन नगरी पहिलो चरणको निर्वाचन गर्न लागिएको प्रति असन्तुष्ट संघीय गठबन्धनका नेताहरुले संविधान संशोधन नभईकन निर्वाचनमा सहभागी नहुने अडान राखेपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।
प्रमूख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले),माओवादी केन्द्र र राजपाका नेताहरुको बीचको बैठक मंगलबार बालुवाटारमा बसेको थियो । बैठकमा सरकारद्धारा संसदमा दर्ता गरेको संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेशमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक पारित गराउन सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिँदै स्थानीय तहको निर्वाचन सफल बनाउन दलहरु थप एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री बिमलेन्द्र निधि, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायतका शीर्ष नेताहरु उपस्थित हुनुहुन्थ्यो ।=75382#sthash.rKcE6LHm.dpuf



