भारतको कलर्स टीभीबाट प्रसारण हुने ‘खतरों के खिलाडी’ शोको प्रमोसनका लागि इन्स्टाग्राममा राखिएको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा प्रतिस्पर्धी अमृता खानविलकरको शरीरमा तातो मैनबत्तीको पग्लिएको तरल खसिरहेको छ भने अमृता चिच्याइरहेकी छन् ।
अमृताले शोमा शुरूदेखि नै राम्रो प्रस्तुती देखाइरहेकी छन् । अरु प्रतिस्पर्धीलाई कडा टक्कर दिइरहेकी अमृताको आगामी प्रस्तुती झन् दमदार हुने अनुमान प्रमोसनल भिडियोबाट दर्शकले लगाइरहेका छन् ।
पग्लिरहेको मैनबत्तीको तरल पदार्थलाई शरीरमा खसालेको ‘खेल’ धेरै कठीन हुने भिडियोमा उनले चिच्याइरहेको आवाजबाट समेत बुझ्न सकिन्छ । त्यो भिडियो हेर्ने सबै भावुक भइरहेका छन्, भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
रोहित शेट्टी मैनबत्तीसँग सम्बन्धित प्रस्तुती लिएका आएका भिडियोमा देखाइएको छ, जसमा रोहितले अमृतालाई प्रस्तुतीबारे सम्झाउँछन् । अमृताले जमिनमा पल्टिनुपर्छ, त्यसपछि उनको शरीरमा तातो मैनबत्ती खस्छ । प्रस्तुती सकिँदासम्म अमृताले यसलाई धान्नुपर्नेछ । अमृता डराइडराई प्रस्तुतीका लागि तयार हुन्छिन् ।
अमृता प्रस्तुतीका लागि तयार भएपनि त्यो त्यति सहज थिएन । जब अमृताको शरीरमा मैनबत्तीको तातो तरल खस्छ, उनी चिच्याउन थाल्छिन् । उनी धेरै समय त्यसलाई सहन सक्दिनन् । डोरीमा बेरिएकी अमृताको अवस्था धेरै नाजुक बनेको भिडियोमा देख्न सकिन्छ ।
प्रमोसनल भिडियो हेर्दा आगामी शो एकदमै दर्दनाक हुने अनुमान गर्न थालिएको छ ।
यस्तो छ भिडियो –



