नेपाली कांग्रेसका पुराना नेता जततमान लामाले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा(एमाले)लाई भोट हाल्न आह्वान गरेका छन् । लोकतन्त्र र देश विकासमा कांग्रेसको भिजन नभएको भन्दै उनले बिज्ञप्ती नै जारी गरेर एमालेलाई भोट हाल्न आह्वान गरेका हुन् । काभ्रेको तेमाल घर भएका उनी तीन दशकभन्दा लामो समयदेखि कांग्रेसमा आबद्ध पुराना नेता हुन् । अग्रज ट्रेकिङ व्यवसायस् समेत रहेका लामाले पार्टीभित्रै प्रजातन्त्र नभएको भन्दै पार्टी छाडेका छन् । कांग्रेसमा महत्वपूर्ण समय खेर फाल्नुभन्दा आफु अब सामाजिक काममा लाग्ने उनले बताए । दृष्टिन्युज मा खबर रहेको छ।



