वैशाख । स्थानीय निकायको निर्वाचनमा खटिएका नेकपा एमालेका युवा कार्यकर्ता कुलबहादुर तामाङको हत्या गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् ।
गएराति गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा एमाले वडा सदस्य उम्मेदवार गोरेबहादुर तामाङका छोरा कुलबहादुरको ज्यान गएको थियो ।
घटना भएको १४ घण्टापछि प्रहरीले संकास्पद ८ जनालाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । उनीहरुको नाम सार्वजनिक गरिएको छैन् ।
प्रहरी स्रोतका अनुसार उनीहरु माओवादी केन्द्रका कार्यकर्ता हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।



