नेपाली बजारमा सुन आज बुधवार १ हजारले बढेको छ । मङगलवार सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएकोमा आज बुधवार बढेर छापावाला सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।
भने तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी भने यथावत रहि प्रतितोला ७ सय १० रुपैयामा कारोबार भइरहेको छ ।




