वैशाख। मन्त्री एबं नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमालेलाई घुमाउरो भाषामा चेतावनी थमाएकाछन् ।

कांग्रेसले स्थानिय निर्वाचन प्रति सम्यम्ता अपनाईरहेको समयमा प्रतिपक्षमा रहेको एमालेले उदण्डता देखाएको भन्दै आक्रोस ब्यक्त गरेकाहुन् ।

कांग्रेस चुनाव प्रचार उप-समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेलाई निर्वाचनमा जिम्मेवार बन्न सुझाव दिदैँ प्रदेश र केन्द्रको चुनावमा पनि नेकपा एमाले प्रतिपक्षमै रहने बताएका हुन् ।

थापाले भने एमाले तत्काल सरकारमा सहभागी हुने सम्भावना पनि छैन् । ‘सरकार बनाउनलाई अंक गणित पनि मिल्नुपर्छ ,रहर गरेर हुदैँन। सांसद पनि चाहिन्छ,’ थापाले एमालेलाई भने, ‘दुःखका साथ भन्नुपर्छ तपाईंहरुले यो चुनावमात्र होइन, प्रदेश र त्यस पछाडिका चुनावमा पनि प्रतिपक्षको रुपमा चुनावमा भाग लिनुपर्छ । चित्त नदुखाउनुहोला समेत भन्न भ्याएकाछन् ।’

हाम्रा नेता कार्यकर्तामा आक्रमण गर्दा विचार पुर्याउनुस् । कांग्रेसको मौनतालाई निरिहता नठान्नुहोला ? उनले कडा शैलीमा जवाफ दिएकाछन् । यसै बिच कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने स्थानीय तहको निर्वाचनको पहिलो चरणमा चुनाव हुने स्थानीय निकायहरुमा आफ्नो पक्षमा चुनावी लहर आएको छ । “संविधान निर्माण गरेर आएको पार्टीलाई भोट दिनुस”  भन्ने उम्मेदवार र कार्यकर्ताहरुको पुकारलाई मतदाताले विश्वास गरेको उल्लेख गर्दै उनले भने, “ स्थानीय, प्रादेशिक र संघीय निर्वाचनकोे दायित्व कांग्रेसले मात्र पूरा गर्दछ भन्ने कुरामा मतदाता निकै विश्वस्त देखिन्छन।”

उहाँले नेपाली कांग्रेसका उम्मेदवार र कार्यकर्ताले स्थानीय जनताका अधिकार, स्थानीय स्रोत साधन र स्थानीय विकासमा नै आफ्नो ध्यान केन्द्रित गरेको पनि बताए । नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचन हुने जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कदमले  स्थानीय तहमा पार्टीलाई समग्र परिचालन गर्न निकै सहयोग पुगेको पनि उल्लेख गरे। न्युज अभियान बाट सभार

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah