काठमाडौं, २८ बैशाख । यतिबेला एलइडी बल्ब प्रकरण चर्चामा छ । सरकारले प्रक्रिया झन्झटिलो भएको भन्दै विना टेण्डर २ करोड एलइडी बल्ब भारतबाट ल्याउन थालेपछि यो प्रकरण चर्चामा आएको हो । क्वानिटेको निर्णयमा २ अर्बको लिड बल्ब महँगोमा किनिन थालिएको भन्दै यसमा घुसपैठ हुनसक्ने भन्दै एक प्रतिष्ठित मिडियाले खबर बाहिर ल्याएपछि यतिबेला यो प्रकरण चर्चामा आएको छ ।
यो प्रकरणमा कतिपयले राम्रो रुपमा हेरेका छन् भने कतिपयले सरकारले विना टेन्डर अबौंको काम गर्न खोज्नु गल्ती भएको बताउँछन् । यतिबेला यो प्रकरणसँग मुख्य गरी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री जनादन शर्मा जोडिएका छन् भने एक प्रतिष्ठित मिडियामा समाचार लेख्ने बलराम बाँनियालाई समेत जोडिएको छ ।
समाचार स्रोतका अनुसार, एलइडी बल्ब खरिद सम्वन्धि प्रस्ताव उर्जा मन्त्रालयले लामोसमय अघि बढाउन खोजेतापनि मुख्यसंचिव सोमलाल सुवेदीले सो प्रस्ताव रोकिरहेका थिए । सुवेदीले टेन्डर गरेरै अघि बढ्नुपर्ने बताएका थिए तर मन्त्रीको दबाबमा यो प्रस्ताव अघि बढाइएको थियो । स्रोतका अनुसार उर्जा मन्त्री शर्माले आफू अनुकुल प्रस्ताव पारित गराई खरिद प्रकरणमा घुसपैठ गर्न खोजेको बताइन्छ ।
यस्तै, उर्जामन्त्री शर्माले पछिल्लो समय उज्यालो नेपालका अभिन्यता कुलमानलाई हतियार बनाएर आफ्नो पार्टी र आफूलाई हिरो बनाउन लागेको कतिपय बताउछन् । कुलामान खराब नभएपनि उनी र समाचार लेख्ने पत्रकारलाई बदनाम गराएर उर्जामन्त्रीले यो बिचमा गम्भीर खेल रचेको जानकारहरु बताउछन् ।
स्रोतका अनुसार, उनले सामाजिक संजालमा ग्याङनै खडा गरी पत्रकार र कुलमानको चरित्र हत्या गर्न खोजेको बताइन्छ । यतिबेला पत्रकार र कुलमानको विषयमा समाजिक संजालमा नकारात्मक टिप्पणी भैइरहेका छन् ।
कुलामानलाई गाली गर्ने र पत्रकारको श्रद्धाञ्जली छाप्ने सम्मको काम भएको छ । पत्रकारले सदैव खबरदारी गर्ने हो ? त्यसमा दुईमत छैन् । कुलमान राम्रो मान्छे हुन । उनलाई उर्जामन्त्रीले बदनाम गराउन अनेक रचेको एक जानकारले बताए ।
उर्जामन्त्रीका थप कतुर्त बाहिर आउने डरले समाचार लेख्ने पत्रकारलाई बदनाम गराउन खोजिएको बताइन्छ । यो अवस्थामा कुलमान कसैको दलदलमा नपरि आफ्नो तवरले अघि बढाउनुपर्छ । सरकारले यो हेक्का राख्न जरुरी छ कि पहिले चौधरी ग्रुपले पानोसोनिक रेडियोको सबै पार्टस जापानबाट मगाएर एसम्बल उद्योग चलाएर ५ सयलाई रोजगारी दिएको थियो ।
त्यस्तै गरेर भारतमा बनेको चाइनिज लेड बल्ब खरिद गर्ने निर्णयमा देखिएको भ्रष्टाचारको भल्ब पनि छोपिने, एकमहिनाको तालिम दिएर हजार जनालाई रोजगारी पनि दिन सकिने गरी नेपालमै लेड बल्ब एसम्बल उद्योग खडा गर्न सकिने जानकारी एक चिनियाँ उद्यमीले दिएका छन् । पत्रकार सम्मलेन गरेर कूलमान घिसिङजस्ता जनताका प्यारा कर्मचारीले पत्रकार आँसु झार्नु गलत भएको टिप्पणीकार बताउछन् । न्युज अभियान बाट सभार



