संसारभरिका देशले अहिले कोरोनाभाइरस फैलिन नदिनका लागि अभूतपूर्व उपायहरू अपनाइरहेका छन् । कतै अतिवाद देखिएको छ भने कतै सिर्जनात्मकता झल्किएको छ ।

पनामा
यो मध्य अमेरिकी देशमा कोरोनाका एक हजार जति संक्रमण देखिएका छन् । यसले लैंगिक आधारमा मानिसहरूलाई छुट्ट्याएर कोरोनाभाइरस फैलिनबाट रोक्न खोजेको छ ।

बुधवारदेखि महिला र पुरुषले घरबाट दुई घन्टाका लागि मात्र निस्कन पाउनेछन् र फरक फरक दिनमा निस्कनुपर्नेछ । अर्थात् महिला घरबाट निस्केको दिन पुरुष घरमै बस्नुपर्नेछ ।

आइतवार कसैलाई पनि घरबाट निस्कन दिइने छैन ।

कोलम्बिया
कोलबियाका केही शहरमा मानिसलाई राष्ट्रिय परिचयपत्रको अन्तिम अंकका आधारमा घरबाट निस्कने अनुमति दिइएको छ ।

उदाहरणका लागि, बार्रानकाबेरमेजामा ०, ७ वा ४ अंक अन्तिममा भएका मानिसले सोमवार घरबाट निस्कन पाउँछन् भने १, ८ वा ५ अंक भएकाले मंगलवार बाहिर निस्कन पाउँछन् ।

छिमेकी मुलुक बोलिभियाले पनि यस्तै उपाय अपनाउँदैछ ।

सर्बिया
सर्बियामा लकडाउनमा रहेकाहरूलाई राति ८ बजेदेखि ९ बजेसम्म कुकुर डुलाउनका लागि निस्कन दिइने घोषणा गरिएको थियो । तर कुकुरमालिकहरूको विरोधपछि त्यसलाई खारेज गरियो ।

बेलारुस
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले कोरोनाभाइरस संक्रमणका विषयमा लिएको अडानले धेरैजना आश्चर्यमा पारेको छ ।

भाइरस रोक्नका लागि देशले प्रयास गर्नुपर्छ भन्दा उनले हाँस्दै ‘खै, मैले त भाइरस उडिरहेको देखेको छैन’ भने ।

इन्डोर हकी खेलमा एक टीभी पत्रकारसँग बोल्दै उनले खेलहरूमा जम्मा भएका भीडले कुनै असर नपार्ने किनकि स्टेडियमको चिसोपनाले भाइरसलाई फैलिनबाट रोक्ने दाबी गरे ।

युरोपका अन्य देशभन्दा भिन्नै रही बेलारुसले कुनै पनि खेलकुद कार्यक्रममा रोक लगाएको छैन ।

राष्ट्रपतिले भोड्का पिउने अनि साउनामा गइरहने गर्दा भाइरस भगाउन सकिने पनि भने जुन विज्ञहरूको सुझावको पूरै विपरीत छ ।

स्विडेन
स्विडेनमा कोरोनाभाइरसका ४५ सय केस देखिएपनि लकडाउनमा कडीकडाउ गरिएको छैन । मानिसहरूले समझदारी अपनाउने र सही कदम चाल्ने आशा सरकारले गरेको छ ।

आइतवारदेखि ५० भन्दा बढी मानिसलाई भेला हुन दिइएको छैन तर १६ वर्षभन्दा मुनिका बालबालिकाको विद्यालय खुलै छ ।

तुर्कमेनिस्तान
यस देशमा महाव्याधिसँग लड्न पूरै फरक दृष्टिकोण अंगीकार गरिएको छ । सरकारले कोरोनाभाइरस शब्दलाई नै प्रतिबन्ध लगाएको छ ।

सरकारले उक्त शब्द स्वास्थ्य सम्बन्धी सूचना दिने ब्रोसरबाटै हटाएको छ । रेडियो अजतलीकका पत्रकारहरूले बताएअनुसार, भाइरसको कुरा गर्ने वा सार्वजनिक स्थानमा मास्क लगाउने मानिसलाई पक्राउ गर्न सकिनेछ ।

अधिकारीहरूले तुर्कमेनिस्तानमा कोरोनाभाइरसको कुनै केस नभएको बताइरहेका छन् जबकि त्यो देशको सीमा इरानसँग जोडिन्छ । इरान कोरोनाबाट सर्वाधिक प्रभावित देशमध्ये एक हो ।

अस्ट्रिया
अस्ट्रियामा सुपरमार्केटमा जाँदा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

चान्सलर सेबास्टियन कुर्जले बुधवारदेखि लागू हुने गरी नयाँ नियम ल्याएका हुन् । देशमा लाखौं मास्क बाँडिएका छन् ।

बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah