राम्रा दिनमा त डेटिङ गर्न मुश्किल हुन्छ भने अहिलेको यस्तो समयको कल्पना गर्नुहोस् त जब संसारको एक चौथाई जनसंख्या लकडाउनमा बस्नु परेको छ । चीनदेखि ब्रिटेनसम्म, स्पेनदेखि नेपालसम्म । हरेक स्थानमा मानिसहरुले सामाजिक दुरीको अभ्यास गर्नुपरिरहेको छ । साधारणतया कुनै चिने जानेका व्यक्ति भेट्दा हामी जस्तो व्यवहार गर्दथ्यौं, अहिले त्यसको ठिक विपरित गर्नुपरेको छ ।

यस्तोमा प्रश्न यो उठ्छ कि लकडाउनका कारण संसारभरी डेटिङ र सम्बन्धमा कस्तो असर परिरहेको छ ?

संसारका पाँच भिन्न शहरका पाँच व्यक्तिले बीबीसीसँग आ–आफ्नो डेटिङको कहानी साझा गरेका छन् ।

सोफी, २७ वर्ष, सांघाई, चीन

ऊहानमा लकडाउन हुनु एक हप्ताअघि मेरो प्रेमीसँग ब्रेकअप भएको थियो । त्यसपछि चीनका अन्य शहरमा पनि यस्तै प्रतिबन्ध लगाइयो । कसैलाई थाहा थिएन, यस्तो स्थिती आउनेछ । यो मेरा लागि थप मुश्किल रह्यो किनभने मैले एक्लै आफ्नो ब्रेकअपको पीडा भोग्नु परिरहेको थियो ।

यस्तोमा मैले डेटिङ एप्सको सहारा लिएँ । आफ्नो अपार्टमेन्टमा आफ्नो बिरालोसँग बसेर डेटिङ एपलाई दायाँ बायाँ सार्नु मेरो लागि मनोरञ्जनको साधन बन्यो । म घण्टौंसम्म पुरुषहरुसँग कुरा गर्छु । कसैलाई भेट्नु अघि यही गर्ने हो । किनभने सबै रेष्टुरेन्ट र सार्वजनिक स्थान बन्द छन् । यदि खोलिएका क्याफे भेट्यौं भने पनि हामीले जतिबेला पनि मास्क लगाएर बस्नुपर्छ । यसरी डेटिङ जानुको कुनै अर्थ छैन ।

 

यस्तो लागिरहेको छ कि तपाईं पूर्ण रुपमा एक्लै हुनुहुन्छ र कसैले पनि तपाईंको एकान्त भंग गर्न सक्दैन । यो सुरक्षित पनि हो तर थुप्रै पटक तपाईं कोही साथी भए ठाउँ जान चाहनुहुन्छ र उसलाई छुन चाहनुहुन्छ, महसुस गर्न चाहनुहुन्छ । यो त्यतिबेला झनै मुश्किल हुन्छ जब तपाईं ती व्यक्तिलाई चिन्नुहुन्छ र डेटिङमा हुनुहुन्छ । अनलाइन डेटिङमा त समस्या झन् बढ्छ, त्यो पनि कोरोनाभाइरसको समयमा ।

तपाईं एकदम अपरिचित व्यक्तिलाई कसरी भेट्नुहुन्छ ? जब तपाईंलाई आफूहरु दुबैजना कोरोनाभाइरस संक्रमणबाट मुक्त हुनुहुन्छ वा हुनुुहुन्नँ भन्ने थाहा छैन भने यस्तो गर्नु थप जोखिमयुक्त हुन्छ । म अब डेटिङ एप्सबाट ब्रेक लिइरहेको छु किनभने यसबाट केही हासिल भइरहेको जस्तो मलाई लाग्दैन । इमान्दारितापूर्वक भन्ने हो भने स्थिती अहिले नै सामान्य होला जस्तो मलाई लाग्दैन ।

जेरेमी कोहन, २८ वर्ष, ब्रूकलीन, अमेरिका

आफ्नो अपार्टमेन्टमा क्वारेन्टाइनमा बस्दा मैले आफूलाई व्यस्त राख्नका लागि वरिपरिको छतमा भएका व्यक्तिहरुको तस्बिर खिच्न सुरु गरेँ । मैले यस्ता तस्बिरमा आधारित फोटो सिरिज सुरु गरेँ ।

केही दिनअघि मैले एक युवतीलाई छतमा नुहाइरहेको देखेँ । म उनको ऊर्जाप्रति आकर्षित भएँ । म आफ्नो बालकनीमा गएँ र हातको इशाराले ‘हाय’ भनेँ । उनले पनि हातले इशारा गरिन् । मलाई त्यति नै बेला उनीप्रति कनेक्सन महसुस भयो र उनलाई सम्पर्क गर्ने मेरो इच्छा भयो । जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ नि । मैले ड्रोन लिएँ र आफ्नो फोन नम्बरसहित एउटा नोट लेखेँ । त्यसलाई ड्रोनमा टाँसे र उनको छतमा उतारेँ ।

एक घण्टापछि उनको टेक्स्ट मेसेज आयो र हामीबीच कुराकानी सुरु भयो । मैले उनलाई सोधेँ र उनको रुममेटको मद्दतले डेट प्लान गरेँ । तर यो डेट एकदम भिन्न थियो । उनी आफ्नो छतमा थिइन् र म आफ्नो छतमा तर दुबैजना एकै तरिकाले बसेका थियौं – एउटा सानो टेबल, वाइन र खाना । यो डेटको क्रममा हामी पूरा समय फेसटाइम भिडियो कलमा थियौं । हामी एक अर्कालाई देख्न सक्थ्यौं र एक–अर्कालाई इशारा पनि गर्न सक्थ्यौं ।

हाम्रो दोस्रो डेट पनि अनलाइन बबलमा भयो । म वास्तविकतामा लाइन क्रस नगरिकनै लाइन क्रस गरेर नजिक पुग्न चाहन्थेँ । मैले आफ्नो कहानी सोसल मिडियामा पोस्ट गरेँ र यो भाइरल भयो । हामीलाई थुप्रै अन्तर्वार्ताका लागि अनुरोध आउन थाल्यो । यसको चाँजोपाँजो मिलाउँदा मिलाउँदै हामी एकअर्काको झनै नजिक आयौं ।

यदि लकडाउन नभएको भए यो सम्भव थिएन । म एक शानदार व्यक्तिलाई भेटेर निकै खुसी छु । साधारणतया म पहल गर्ने किसिमको मान्छे होइन । तर म एउटा कोठामा बन्द भएका कारण मेरो सृजनशीलताले उनलाई अप्रोच गर्न प्रेरित गर्यो ।

क्लारेसी, ३५ वर्ष, किनसासा, डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआरसी)

कोभिड–१९ संक्रमण संसारभरीका लागि खतरा बन्नु अघि म कसैसँग क्याजुअल रिलेशनशिपमा थिएँ । हामी साधारणतया हरेक दिन एक–अर्कालाई भेट्थ्यौं तर म मानसिक रुपमा यो सम्बन्धमा त्यति सम्मिलत हुन चाहन्नथेँ । म यसलाई सुस्त गतीमा अघि बढाउन चाहन्थेँ । तर कसले सोचेको थियो होला र स्थिती यस्तो होला भनेर ।

यतिबेला डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा लकडाउन छैन तर म स्वास्थ्य क्षेत्रमा काम गर्छु । त्यसकारण यो भाइरसको खतरालाई गम्भीरताका साथ लिएकी छु । यो कुराले उनलाई पागल बनाइदिएको छ । मैले चार हप्ता अघि उनलाई भेट्न बन्द गरेँ । मैले उनलाई यसो गर्न जरुरी भएको भनेर सम्झाएँ तर उनलाई लाग्छ कि म उनीबाट टाढा हुन बहाना बनाइरहेकी छु ।

म उनको कमी महसुस गरिरहेको छु र मलाई पनि लाग्छ कि मैले आफ्नो जीवनमा उनलाई स्थायी रुपमा समावेश गर्ने एउटा मौका गुमाइरहेकी छु । उनले मेरो प्रतिक्षा गर्ने छैनन्, यो कुराले मलाई सताइरहेको छ । म शारीरिक अंतरंगको पनि कमी महसुस गरिरहेकी छु ।

हामी सबैलाई शारीरिक सम्बन्धको चाहना हुन्छ । यस्तोमा तपाईंले वैकल्पिक बाटो खोज्नुपर्ने हुन्छ । राम्रो कुरा यो हो कि मेरो भाइब्रेटर सधैं मेरो बेस्ट फ्रेन्ड साबित हुन्छ । मलाई लाग्छ कि मेरा प्रेमीलाई यो थाहा थियो त्यसकारण मलाई लाग्छ कि उनले आफ्नो तर्फबाट सम्पर्क स्थापित गर्ने बढी कोसिस गरेँ ।

यो स्थितीले मलाई दुःखी बनाएको छ र थुप्रै पटक एक्लो महसुस गराएको छ । अब मेरा प्रेमीले मसँग धेरै कुरा गर्दैनन् । मेरो मेसेजको जवाफ ढिला गरी दिन्छन् । म उनलाई र आफूलाई यो भाइरसबाट बचाउने कोसिस गरिरहेको छु तर मलाई लागिरहेको छ कि संकटको यो घडीमा हाम्रो सम्बन्ध पनि समाप्त हुनेछ ।

देबास्मिता, २४ वर्ष, नयाँ दिल्ली, भारत

मैले मेरा प्रेमीसँग तीन महिनाअघि डेटिङ सुरु गरेकी थिएँ । हामी एउटै शहरमा बस्छौं र यो कुराले मलाई ढुक्क बनाएको थियो । किनभने योभन्दा अघिका मेरा सबै लङ्ग डिस्टेन्स रिलेशनशिप थिए । म यो कुराले खुसी थिएँ कि म यस्ता व्यक्तिसँग छु जोसँग म धेरैभन्दा धेरै समय बिताउन सक्छु ।

हामी एउटै अफिसमा काम गर्छौं र दैनिक एक–अर्कालाई भेट्थ्यौं । सबैकुरा एकदम ठिकठाक चलिरहेको थियो तर हाम्रो सम्बन्धमा अचानक लकडाउन आयो र यो पनि लङ्ग डिस्टेन्स रिलेशनशिपमा परिवर्तन भयो । हामी अत्यधिक दुःखी छौं किनभने हामी मानिसक रुपमा यसका लागि तयार थिएनौं ।

अब हामी एकअर्कासँग दिनमा ६–७ पटक भिडियो कलमा कुरा गर्छौं । हामी एक–अर्कासँग कुरा गर्दागर्दै एउटा फिल्म हेर्छौं । धेरैपटक हामी एकै किसिमका खाना बनाउँछौं । मलाई क्विज खेल्न मनपर्छ त्यसकारण हामी धेरैभन्दा धेरै अनलाइन क्विज खेल्छौं । यी तरिकामार्फत् हामी एक–अर्कासँग टाढा भए पनि एकैसाथ हुने कोसिस गर्छौं । तर यसले हाम्रो तनाव र चिन्ता बढाएको छ । अब हामी एक–अर्कासँग धेरै बहस गर्न थालेका छौं । जब एक अर्कासँगै हुँदा कुरा गर्दथ्यौं स्थिती अलग हुन्थ्यो । त्यतिबेला सम्झाउन सजिलो हुन्थ्यो र बुझ्न पनि सजिलो हुन्छ ।

तर हामी यस्ता कुरामा अत्यधिक हाँस्छौं पनि । यदि हामी यो संकटबाट निस्कन सक्यौं भने मानिसहरुलाई सम्बन्धको सुरुवातमा नै कति ठूलो चुनौतीको सामना गर्नुपरेको थियो भनेर बताउनेछौं । मलाई लाग्छ कि यस्तो गुर्न पनि विशेष हुनेछ ।

जूली, २४ वर्ष, एलिगन सिटी, फिलिपिन्स

म पछिल्लो दुई महिनादेखि टिन्डरमा छु । कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन लागू हुनुअघि म कुनै पुरुषसँग डेटमा जान्थेँ । हामीसँग पर्याप्त समय हुन्थ्यो त्यसकारण सबैकुरा गर्दथ्यो ।

अब मसँग समय नै समय छ तर म कसैलाई पनि भेट्न पाउँदिन । मेरो यौन जीवन निरश भएको छ । म कसैलाई पनि डेट गरिरहेको छैन । यो निराश गर्ने कुरा हो किनभने म आफ्नो शारीरिक इच्छा पूरा गर्नका लागि म केही पनि गर्न सक्दिनँ ।

यद्यपि, लकडाउनको क्रममा म डेटिङ एप्समा अत्यधिक सक्रिय छु । म पुरुषसँग कुरा गर्छु । हामी भिडियो कलमा कुरा गर्छौं र साइबर सेक्स पनि । यसमार्फत् हामी दुबैको यौन चाहना पूरा हुन्छ । यो सबै वास्तविक रुपमा हुँदैन तर हामीसँग योबाहेक विकल्प अरु के नै छ र ?

म यी पुरुषलाई भेट्न चाहन्छु तर यातायातका कुनै साधन छैनन् न घरबाट निस्कने अनुमती नै छ । मेरा त समस्या अझ धेरै छ किनभने म युनिभर्सिटीको डोरमेट्रीमा एक्लै बस्नु परिरहेको छ । यो समयमा सेक्स सम्बन्धको चाहना पनि धेरै नै महसुस भइरहेको छ । म हरेक दिन हस्तमैथुन गरिरहेकी छु । कहिले त दिनमा एकपटकभन्दा बढी । अब केही दिनसम्म यस्तै हुनसक्छ ।

(सोफीः अनुरोधमा परिवर्तन गरिएको नाम)

रातोपाटीले अनुवाद गरेको बीबीसी हिन्दीमा प्रकाशित लेख

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah