धनगढी । डोटीमा मालबाहक ट्रकमा अागजनी भएको छ । कैलालीबाट गएका ट्रकमा शनिबार विहानै डोटी गोल्मा गाड नजिकै अागजनी भएको बताइएको छ । पार्टीले अायोजना गरेको नेपाल बन्दको अवज्ञा गरेको कारण अागजनी गरिएको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओमप्रकाश पुनले बताए ।
सेती-महाकालीका ९ ओटै जिल्लामा बन्द छन् ।
यसैबीच बन्द गराउँदै हिडेको भन्दै प्रहरीले कैलालीको टिकापुरबाट अखिल क्रान्तिकारीका जिल्ला नेता झलक बिक नेपाल कम्युनिस्ट पार्टीका नगर सचिव नरेन्द्रलाई प्रहरीले गिरफ्तार गरकाे छ । तत्काल रिहा गर्न पुनले माग गरेका छन् ।



