निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै निर्धक्क भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरेको छ ।

शनिबार अपराह्न पत्रकार सम्मेलन गर्दै आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका हुन् । यस्तै सबै मतदान केन्द्रमा निर्वाचनका सबै सामग्री पुर्याइसकिएको पनि प्रमुख आयुक्त यावदले जानकारी दिए ।

उनले निर्वाचनका लागि सबै सुरक्षा तयारी गरिएको भन्दै निर्धक्कसँग मतदान गर्न पनि मतदाताहरुलाई अनुरोध गरे ।

आयोगले मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचयपत्र लिन नसकेका तथा मतदाता परिचयपत्रमा त्रुटी भएका मतदाताले परिचय खुल्ेन अन्य सकारी परिचयपत्रको माध्यमबाट पनि मतदान गर्न सकिने व्यवस्था गरेको छ ।

आयोगको वैशाख २९ गते बसेको बैठकले निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गर्न नसकेकाहरुका लागि सरकारी निकायबाट जारी गरिएको तस्बिरसहितको कुनै परिचयपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ ।

आयोगले मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय गरेको हो ।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ । सो सम्बन्धमा थप बुझ्नु परेमा आयोगको टोल फ्री नम्बर १६६००१४४२२२ मा सम्पर्क गरी जानकारी लिन सकिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah