अमेरिकामा सोमवार कच्चा तेलको ब्यारल मूल्य शून्य डलरमा झरेको छ । इतिहासमै पहिलोपटक यस्तो घटना भएको हो ।

कोरोनाभाइरस महाव्याधिले यात्राहरू रोकेको र आर्थिक गतिविधि नियन्त्रित गरेकाले विश्वभरि तेलको उत्पादन आवश्यकताभन्दा बढी भएको खतरनाक संकेत यसले दिएको छ ।

कच्चा तेलको ब्यारलको मूल्य आपूर्ति, माग र गुणस्तर जस्ता विविध कुरामा अडेको हुन्छ । अहिले कोरोनाभाइरसका कारण अर्बौं मानिसले यात्रा गर्न नपाएपछि तेलको मागभन्दा आपूर्ति बढी छ ।

बढी आपूर्ति भएका कारण वेस्ट टेक्सस इन्टरमिडिएटका तेल भण्डारण ट्यांकहरू भरिएर राख्ने ठाउँ नै भएन । अमेरिकाको इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनले ओक्लाहोमास्थित कशिङमा रहेको भण्डार अप्रिल १० सम्ममा ७२ प्रतिशत भरिएको जानकारी गत साता दिएको थियो । अमेरिकाको पाइपलाइन सञ्जालको मुटु नै त्यहीँ छ ।

‘अब तेल भण्डार गर्ने ठाउँ नै छैन त्यसैले यसको कुनै मूल्य नै रहेन,’ न्युयोर्कमा रहेको मिझुओ कम्पनीका निर्देशक बब यावगरले भने । ‘डलरभन्दा कम भयो भने भण्डारबाट तेल झिक्न एक डलर तिर्नुपर्ने हुन्छ ।’

तर कच्चा तेलको मूल्य घट्दा आम उपभोक्ताका लागि तेलको मूल्य घट्छ भन्ने कुनै ग्यारेन्टी नरहेको ओइल प्राइस इन्फर्मेसन सर्भिसेजका वरिष्ठ विश्लेषक टम क्लोजा बताउँछन् ।

‘मे महिनामा पेट्रोल, डीजेल र जेट इन्धनको मूल्य घटिरहनेछ तर भविष्यमा तेलको उपयोग नै गरिनेछैन वा अहिलेको जस्तो गरी कच्चा तेलको मूल्य अविश्वसनीय तथा अभूतपूर्व तरिकाले घट्छ भन्ने निष्कर्ष हामीले निकाल्नुहुँदैन,’ क्लोजाले भने ।

भाइरसका कारण विमानयात्राहरू बन्द भएकाले कच्चा तेलको मूल्यमा आएको गिरावटले विमान कम्पनीहरूलाई उडान सञ्चालन गर्न सस्तो पर्छ । अहिले मानिसहरू घरैमा बसेकाले विमानहरू लगभग खाली खाली उडिरहेका छन् ।
तर यस स्थितिले के पनि देखाएको छ भने विमान कम्पनीहरूले थप उडानहरू गर्ने खासै सम्भावना छैन, विश्लेषक सवान्ती सीथको भनाइ छ ।

कच्चा तेलको मूल्य घट्दा अर्थतन्त्रमा के असर पर्छ भन्ने विषयमा पनि धेरैको चासो छ । भाइरसअघिको समयमा जस्तै माग भयो भने पनि भण्डारण गरेर राखिएको कच्चा तेल प्रशोधित हुन लामो समय लाग्नेछ ।

‘ऊर्जा बजारले तेलको माग तत्कालै बढ्ने सम्भावना देखेको छैन र अहिले आपूर्ति आवश्यकताभन्दा बढी भइरहेको छ,’ विस्डमट्री एसेट म्यानेजमेन्टमा फिक्स्ड इन्कम स्ट्राटेजीका प्रमुख केभिन फ्लानागनले बताए । लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah