जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा प्यारो हुन्छन्। रामायणमा भगवान् श्रीरामले भनेको यो श्लोक प्रत्येक मानिसको जीवनमा अर्थपूर्ण छ।

आज कोरोनाभाइरसका कारण मानव जगत् आतङ्कित छ। विश्वका अधिकांश देश लकडाउनमा छन्। अधिकांश मानवजगत् होम क्वारेन्टाइन र सेल्फ–क्वारेन्टाइनमै समय बिताइरहेको छ।

भाइरस सङ्क्रमणको त्रास कहिलेसम्म रहने हो, यसले कसको ज्यान कति बेला धरापमा पर्ने हो? कुनै टुंगो छैन। हरेक मानव धैर्य अनि संयमताका साथ बस्नुको विकल्प छैन।

यससँगै घर परिवारबाट टाढा रहेका, विदेशमा कर्म गरिरहेका त झनै ठूलो समस्यामा छन्।

राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान ठप्प छ। अर्थ, समाज, राजनीति, मनोरञ्जन सबै क्षेत्र भाइरसको त्रासले ठप्प छन्। एउटा देशका नागरिक अरू कुनै देशमा घर, परिवार अनि स्वदेश सम्झेर बाँच्न बाध्य छन्। उसै गरी, सन्तानको पर्र्खाइमा परिवार पनि स्वदेशमा छट्पटाइरहेका छन्।

०००

एउटा व्यक्तिका लागि आफ्नो परिवारसँगको सामीप्यता, माया र प्रेमको आवश्यकता कति हुन्छ, सङ्कटमा झन् सबैले महसुस गर्छन्। तर, घरपरिवार, आफन्त अनि स्वदेशको सम्झना बोकेर विदेशमा जिउन भने पक्कै सहज हुँदैन।

‘अहिले बसेको ठाउँ पनि धेरै सुन्दर छ। खान, बस्नलगायत सुविधा यथेष्ट छ। हाटेलले निःशुल्क सेवा दिएको छ। एक्लै भएर पनि बाहिर हिँड्ने, वरिपरिका दृश्यमा रमाउने, पुस्तक पढ्ने, टिकटकमा रमाउने काम जारी छ।’
स्वदेशको सम्झनामा दिन बिताउनु पर्दाको पीडाबोध कति हुन्छ, त्यो भोग्ने व्यक्तिलाई मात्र थाहा हुन्छ। ऊ आफ्नो मातृभूमि फर्कन कतिसम्म त्याग गर्न सक्छ, त्यो भुटानकी कलाकार उगेन छोदेनको अनुभवले बताउँछ– १४ लाख बढी नेपाली रकम खर्चेर स्वदेश फर्किइन्।

करिब ३ महिनाअघि भुटानबाट छोदेन फ्लाइटमार्फत् ४५ मिनेटको यात्रा पूरा गर्दै नेपाल आएकी थिइन्। फिल्म ‘२ नम्बरी’मा छोदेन अभिनेता दयाहाङ राईसँंगको अनस्क्रिन रोमान्सलाई सदुपयोग गर्दै नेपाली दर्शकको मन जित्ने सपना बोकेर उनी नेपाल आएकी थिइन्।

भुटानको जनजीवनमा हुर्किएकी छोदेनका लागि नेपाली फिल्ममा अभिनय गर्नु कुनै हेलचेक्र्याइँ थिएन। ‘धेरै डर थियो, भाषिक समस्या, अब्बलको एक्टरसँग सहकार्य मेरा लागि चुनौती नै थियो,’ छोदेन भन्छिन्, ‘तर मलाई कलाकार विजय बरालसँग १ महिना लामो भाषा प्रशिक्षण अनि स्क्रिप्टमाथि कडा मिहिनेत गर्ने मौका मिल्यो। यसरी नै सिकाइ सँगसँगै छायांकन चल्दै थियो। तर, कोरोनाको आतङ्कले प्रोेजेक्ट पूरा हुनै पाएन।’

देश पूरै लकडाउनमा प¥यो। फिल्मको काम अड्कियो, उनी पनि काठमाडौंको कोठामा अड्किइन्।

‘आशा थियो, केही दिनमा स्थिति सामान्य होला, तर समयसँगै विश्व नै आतङ्कित बन्दै गयो। नेपाल सरकारले लकडाउनको समय बढाउँदै गयो,’ मलिन स्वरमा छोदेन सुनाउँछिन्, ‘करिब २८ दिन म काठमाडौंमा एक्लै बसेँ। अन्तर्राष्ट्रिय उडान बन्द हुँदा भुटान फर्कर्ने अवस्था थिएन। मन अमिलो बनाएर बस्नुको विकल्प रहेन।’

‘करिब २८ दिनको बसाइँमा आँखा दुख्ने गरी नेपाली र अन्य गरेर ४० बढी त फिल्म नै हेरेँ। युट्युबमा भएका सबै–सबै हेरिसकेझैँ भयो। केही पुस्तक पढेँ, कहिले फेसबुक, कहिले टिकटक अनि कहिले परिवारसँग भिडियो कल गरेर समय कटाउँदै थिएँ,’ छोदेनमा स्वदेश फर्कने चाहना बढ्दै गयो।

घर–परिवारको पनि प्रेसर बढ्यो, ‘आमा–बुबाले पनि घर बोलाको बोलाई गर्ने, यता फिल्म सुटिङ्ग तत्काल सुरु नहुने पक्का थियो। सँगै विश्व महामारीको अवस्थामा रहेको भाइरसको प्रभाव हप्ता–महिना हुँदै वर्ष बित्ला कि भन्ने तनाव सुरु भयो। अनि भुटान फर्कने निधो गरेँ।’

आफ्नो घर–परिवार अनि देश फर्कने छोदेनको निर्णय सहज थियो, तर जान भने सहज थिएन। उनले आफूजस्तै भुटान फर्कने कोही छ कि भनेर सोधखोज गरिन्, तर कोही भेटिनन्।

‘म त काठमाडौँमा एक्लै पो रहेछु, मलाई मात्र लिन सरकारले विमान पठाउने कुरा पनि भएन, त्यसैले विमान चार्टर गरेरै स्वदेश फर्किएकी हुँ, तथापि पछि एकजना पाइलट पनि मसँगै फर्कनुभयो।’

उनीहरूले स्वदेश फर्कँदा सामान्य अवस्थामा भन्दा ठूलो रकम खर्चन पुगे, ‘३० प्रतिशत छुटपछि पनि १२ हजार ४ सय अमेरिकी डलर तिरेर हामी स्वदेश फर्कियौँ। उक्त रकममध्ये ७ हजार ५० डलर फिर्ता हुने सर्त थियो। कारण, खराब मौैसममा गन्तव्यमा नपुगी अन्यन्त्र अवतरण गर्नुपर्ने अवस्थाका लागि उक्त रकम लिइने रहेछ।’

आफ्नै देशमा आफ्नो परिवारसँग समय बिताउने पाउनु नै छोदेनका लागि ठूलो कुरा थियो।

‘बुबाआमाले पनि जति खर्च लाग्छ आऊ, तर यस्तो अवस्थामा घर फर्क भन्नुभयो। त्यही भएर मैले आँट गरेर विमान चार्टर गर्ने प्रक्रिया सुरु गरेकी थिएँ,’ छोदेनले आफू कलाकार भएर बाँच्न पाएकोमा गर्व गर्दै भनिन्, ‘सार्क अफिस, परराष्ट्र अफिससहित सरकारसँग जहाजका लागि गरेको मेरो प्रयास तीन दिनमै सफल भयो। मैले एउटा कलाकार भएको हिसाबले हुनुपर्छ ३० प्रतिशत लागत छुट पनि पाँए।’

छोदेनले चार्टर गरेका ड्रयाक एयरको नयाँ एटीआर–४२–६०० विमानमा सँगै जाने अर्का व्यक्ति थिए, पाइलट सोनाम तोब्गे। सोनामले पनि जहाजका लागि लागेको आधा खर्च व्यहोरेका थिए।

छोदेन यति बेला भुटान विमानस्थलनजिकै पारो भन्ने ठाँउको एक फाइभस्टार होटेलको ‘वुडन–कटेज’मा क्वारेन्टाइनमा छिन्। उनका लागि उक्त ठाउँ निःशुल्क उपलब्ध छ।

‘आज दुई दिन भयो क्वारेन्टाइनमा बसेको। अबको १९ दिनपछि म परिवारसँग घर जानेछु,’ उनी थप्छिन्, ‘अहिले बसेको ठाउँ पनि धेरै सुन्दर छ। खान, बस्नलगायत सुविधा यथेष्ट छ। हाटेलले निःशुल्क सेवा दिएको छ। एक्लै भएर पनि बाहिर हिँड्ने, वरिपरिका दृश्यमा रमाउने, पुस्तक पढ्ने, टिकटकमा रमाउने काम जारी छ।’

छोदेनको स्वदेश प्रेम, घर फर्कनका लागि गरेको त्याग अनि चाहना विदेशमा रहेका नेपालीमा पनि नभएको होइन।

तर, हाम्रो देशमा यस्तो सम्भव होला! आफैमा जिज्ञासा बनेको छ।

एउटा कलाकारका लागि, अझ एउटा नागरिकका लागि भुटान सरकारले देखाएको जिम्मेवारी पनि उदाहरणीय कर्म नेपाल सरकारका लागि पनि पक्कै मार्गदर्शन बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah