वि:सं: २०७७ वैशाख -२१,आइतवार,ई:सं: २०२० मे -३ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलाथ्व, प्रमादी संवत्सर ,उत्तरायण, ऋतु-वसन्त,वैशाख शुक्लपक्ष तिथि-एकादशी , २६:३८ बजे उप्रान्त द्वादशी,नक्षत्र-पूर्वफाल्गुनी , १८:१८ बजे उप्रान्त उत्तरफाल्गुनी,योग-ध्रुव , ०८:५५ बजे उप्रान्त व्याघात,करण-वणिज १५:४८ बजेदेखि भद्रा , २६:३८ बजे उप्रान्त कौलव,चन्द्रराशि-सिंह,आनन्दादि योग-छत्र , सूर्योदय-०५:२५ , सूर्यास्त-१८:३८,दिनमान ३३ घडी ०३ पला ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ, आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ, तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ, आजको शुभ अंक ५ रहेको छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो –मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ,नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्, रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ, पहिलेको सफलताले थप हौसला जगाउनेछ,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह –आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्, खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ, टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ,आजको शुभ अंक २ रहेको छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो –आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ, गरिएका कामको राम्रै मूल्यांकन हुनेछ, साझेदारीमा पनि राम्रो फाइदा हुनेछ, आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्,आजको शुभ अंक ४ रहेको छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे –अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला, बाध्यतामा अलमलिनुपर्ला, श्रम परे पनि उचित मूल्य नपाइने परिस्थिति देखिन्छ,आजको शुभ अंक ८ रहेको छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो –समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ,आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ, धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ,आजको शुभ अंक ४ रहेको छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते –तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ, दिगो फाइदा हुने योजना बन्न सक्छ, प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला, स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ, आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु –भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,अतिथिका रूपमा सत्कार पाइनेछ, खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ, आम्दानी बढाउने काम सुरु हुनेछ, प्रेम र मित्रताको बन्धन कसिनेछ,आजको शुभ अंक ८ रहेको छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे –अप्ठ्यारो पर्दा सहयोगीहरूले समेत साथ नदिन सक्छन्, प्रतिस्पर्धाको दौडमा आफूलाई कमजोर पार्नेहरू सक्रिय रहनेछन्, काम बिग्रने भयले सताए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,आजको शुभ अंक ७ रहेको छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि –गुरुजनको सुझाव र सन्तानको सहयोग आजलाई विशेष लाभदायी बन्नेछ, व्यावहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ, समय लागे पनि रोकिएका काम प्रारम्भ गर्ने मौका छ,आजको शुभ अंक ९ रहेको छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द –कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ,पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ,अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि –आँटेको काममा विलम्ब हुनेछ, सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्, उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला, आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला,कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक १० रहेको छ। दिब्य ज्योतिष बाट साभार



