आदरणिय केपी ओलिज्यू

अध्यक्ष नेकपा एमाले

सम्मानसाथ हार्दिक जय नेपाल

म जान्दछु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। अतः झापाबाट नामसारी गरेर भक्तपुरको बालकोटमा भोट हाल्नु भएकोमा यहाँप्रति मेरो कुनै आपत्ति छैन। मेरो पार्टीको नेता नभए पनि यहाँ मेरो देशको एक अग्रज नेता हुनुहुन्छ र मैले सदैव सम्मान गरेको एक नेता हुनुहुन्छ।

एउटा राष्ट्रिय नेता कुनै एक जिल्लाको मात्रै हुनसक्दैन्।

कहाँ-कुन ठाँउको मतदाता बन्ने त्यो सम्बन्धित व्यक्तिको निजी छनोट र निर्वाचन आयोगले निर्धारण गरेको विधिभित्रको कुरा हो। ऐतिहासिक सुन्दर नगरीमा आफ्नो भोट हाल्नु भयो, यसमा कसैले पनि आपत्ति प्रकट गर्न मिल्दैन।

तर पनि एउटा प्रश्न भने भीषण ढंगले मनमा उब्जिएको छ-‘केपी कमरेड यहाँले झापा किन छोड्नुभयो?’

त्यो झापा…,जहाँ संघर्ष गरेर तपाईं उठ्नु भयो, जहाँ छ `सुखानी´ अनि तपाईंका दौंतरीका सम्झनाहरू, जहाँ छन् तपाईँका लागि जीवन दिनसक्ने सयौं एमाले कार्यकर्ता।

त्यो झापा…,जहाँ पवित्र कन्काई माइ छ।

जहाँ कृष्ण थुम्की र अर्जुनधारा धाम छ। जहाँ केचनाकवल अनि ऐतिहासिक विराटपोखरी छ।

त्यो झापा…, जहाँ छन् सिरूवा मनाउने राजवंशी,ताजपुरिया र गनगाइहरू।

अनि छन् सेउपाखा भन्ने धिमाल, मेहनती मेचेँ, संस्कृतिका धनी सन्थाल अनि अनेक जाती-भाषी र अनेक धर्मावलम्बीहरू।

त्यसैले फेरि शोध्न चाहन्छु- आदरणीय केपि कमरेड तपाईँले किन छोड्नु भएको त्यो झापा?

बसोबास धेरै नेताको काठमाडौंमा छ तर ‘ती धेरै’ प्रायले आफ्नै पुरानो थातथलोमा गएर मत खसाल्ने गरेका छन्। जस्तो कि प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ को बिहानै चितवनमा मतदान गर्नुभयो, रामचन्द्र पौडेलले तनहुँमा।  हुँदाहुँदा कमल थापा पनि मत दिन हेटौंडा पुग्नुभयो। नेपालभरिको कुन ठाउँमा मतदान गर्ने भन्ने प्रश्न प्राविधिक विषय मात्रै होइन, यो त त्यो ठाउँसँग गाँसिने भावनात्मक सम्बन्धको प्रश्न पनि हो। भनिन्छ नि ‘मत त्यहाँ खस्छ जहाँ मन बस्छ।’ त्यसैले शोध्नुपरेको हो -कमरेड झापामा रहेको तपाईँको मताधिकारलाई किन छाड्नु भएको?

संघीयताले हामीलाई गाउँ जा’ भन्छ, अत अब सबैजना गाउँ जाउँ, त्यहीँ जीवन खोजौ, त्यहीँ मन देउ/त्यहीँ मत देउ ,यहाँले त त्यसो पो भन्नू पर्थ्यो। संविधानले स्थानीय तहलाई स्वशासनका लागि प्रशस्तै अधिकार दिएको छ,

त्यो अधिकारको बाटोबाट गाउँको समृद्धि र ब्यक्तिगत उन्नति खोज्न गाउँनै जाउँ। यहाँले आफ्नै शैलीमा‘अधिकार जति गाउँतिर तिमिचैं कता ठिमितिर?’ भन्नुपर्थ्यो। तर कमरेड देख्नु र सुन्नु हामीले अर्कै पर्‍यो।

आदरणीय कमरेड,

म फेरि भन्छु हामी झापाली हुनुभन्दा अघि नेपाली हौं। नेपालको हित हुनसके झापाको पनि हित भइ हाल्छ। तर, हाम्रो सपनाको नेपाल भनेको सबै नेपाली काठमाडौंको भूगोलमा थुप्रने भन्ने होइन। आ-आफ्नो जिल्ला र गाउँ बनाउन दत्तचित्त हुनु भनेको पनि नेपाल बनाउन योगदान गर्नु हो। एक ‘राजनेता’ हुनुको हैसियतमा तपाईँको ब्यक्तित्वले शहरलाई होइन गाउँलाई केन्द्र बनाउन अपिल गर्नुपर्दथ्यो। गाउँको माटोलाई छाडेर शहरको धुलोमा देश खोज्न निरुत्साहित गर्नु पर्दथ्यो। कमरेड आफ्नै पिताजीलाई शोध्नुस् किन उहाँलाई प्रधानमन्त्री छोराको बालुवाटारमा भन्दा झापा गाउँको बालुवा र धुलोको बसाइ उचित लाग्यो?

आफ्नै अन्तरआत्मालाईपनि शोध्नुस् कमरेड तपाईँलाई चारवटा निर्वाचन जिताउने झापामा आगामी निर्वाचनहरुमा तपाईँको `मत´ पाउने हक एमालेको कुनै कार्यकर्ता साथीलाई थियो कि थिएन? अब ती कार्यकर्ताले तपाईंको गृह जिल्ला भनेर झापाको नाम लिने कि भक्तपुरको?

यद्यपी आजका अनेकौं राजनीतिक मुद्दाका सामु यो विषय गम्भीर छलफल गरिनैपर्ने विषय निश्चयनै होइन। तर, यो प्रकरणले जे सन्देश गएको छ त्यो महत्त्वपूर्ण भएकाले यो पत्र र प्रश्न अघि सारेको हुँ। भोलि सबै नेतृत्वगण आफ्नो सुविधाका लागि काठमाडौं केन्द्रीत मतदाता बन्न लागे भने ‘गाउँ केन्द्रीत बनौं, गाउँलाई बस्न योग्य बनाऔं, गाउँमै जीवन अर्पित गरौं’ भन्ने भावनाको विकास कसरी होला?

नेतृत्वले शहरको बुथ रोज्न थालेपछि कार्यकर्ताले या सामान्य नागरिकले काठमाडौं छाडेर पार्टी जिताउन गाउँ किन जाने? नेता-कार्यकर्ता सबैले सहर ताकेपछि गाउँमा भविस्य खोज्न सकिन्छ भनेर नागरिकमा उत्प्रेरणा कसले भर्ने?

आदरणीय केपी कमरेड,

तपाईँ पार्टीको अध्यक्ष पदको उम्मेदवार भएका बेला तपाईँको विरोधी खेमाबाट ‘बिरामीलाई पार्टी अध्यक्ष कसरी बनाउने?’ भनेर प्रश्न उठाइएको थियो। सो बेला मैले लेख मार्फत आग्रह लेखे ‘नेतृत्व कसलाई दिने भनेर राजनीतिमा मेडिकल रिपोर्ट होइन पोलिटिकल रिपोर्ट हेर्नुपर्छ।’ अझपछि ‘सुशील कोइराला उम्मेदवार बन्नुहुन्न प्रधानमन्त्री केपि ओली बन्नुपर्छ’, लेखेँ। हिजोका ती लेखाइ मीठो लागे होलान्, आजको यो लेखाइ तितो लाग्ला। तर लेख्दा कलम र विवेकप्रति इमानदारीता राखेर  लेख्नुपर्छ, भन्ने मान्यतामै उभिएर लेखिरहेको छु नेता या राजनेता सिंगो देशको हुन्छन् तर मतदाता आफ्नो गाउँको हुन्छ। नेतृत्व देशको गर्छौ भन्ने कुनै पनि ब्यक्तित्वले आफ्नो थातथलोमा रहेको आफ्नो मतदाता हक गाउँबाट शहर लग्नुहुन्न।

चुनाव लड्न देशभरी जहाँ पनि जान सकिन्छ, त्यो राजनीतिक कुरा हो तर आफ्नो मत प्रकट गर्ने आफ्नो हक आफ्नै कर्मभूमिमा राखिरहनु फरक धर्म र दायित्वको कुरा हो।

झापाकै एमालेका कार्यकर्तालाई शोध्नुस् तिनले पनि भन्ने छन् ‘कमरेड तपाईँ नेतृत्व देशकै गर्नोस्, तर आफ्नो थातथलो नछाड्नोस्, बरू सहरको सुविधा गाउँमा पुर्‍याउन तर्फ लाग्नोस्, तर गाउँको मताधिकारलाई सहरको सुविधातिर नलग्नोस्।’

कमरेड स्थानीय चुनावमा त भक्तपुरमा दिइसक्नु भयो मत, आशा गर्छु अर्को पटकको निर्वाचनमा तपाईँ  आफ्नै गाउँ फर्की आएँ भनेर हामीसँगै उभिनु हुनेछ मतदान गर्न झापाकै कुनै बुथमा!

विश्वप्रकाश शर्मा

झापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah