आदरणीय विश्वप्रकाश दाइ
नमस्कार !
तपाईको  लेख पढेर मनमा केही खुल्दुली, जिज्ञासा र प्रश्नहरूका साथमा मेरा केही प्रतिकृयाहरू राख्न मन लागेको छ । स्वीकार्नु होला ।

तपाईले भन्नुभएको छ :
एउटा प्रश्न भीषण ढंगले मनमा उब्जिएको छ-“केपी कमरेड यहाँले झापा किन छोड्नुभयो?’ त्यो झापा…,जहाँ संघर्ष गरेर तपाईं उठ्नु भयो, जहाँ छ `सुखानी´ अनि तपाईंका दौंतरीका सम्झनाहरू, जहाँ छन् तपाईँका लागि जीवन दिनसक्ने सयौं एमाले कार्यकर्ता। त्यो झापा…,जहाँ पवित्र कन्काई माइ छ। जहाँ कृष्ण थुम्की र अर्जुनधारा धाम छ। जहाँ केचनाकवल अनि ऐतिहासिक विराटपोखरी छ। त्यो झापा…, जहाँ छन् सिरूवा मनाउने राजवंशी,ताजपुरिया र गनगाइहरू। अनि छन् सेउपाखा भन्ने धिमाल, मेहनती मेचेँ, संस्कृतिका धनी सन्थाल अनि अनेक जाती-भाषी र अनेक धर्मावलम्बीहरू। त्यसैले फेरि शोध्न चाहन्छु- आदरणीय केपि कमरेड तपाईँले किन छोड्नु भएको त्यो झापा? ”

आदरणीय दाइ,
हुन त झापामा अझै स्थानीय तहको चुनाब हुन बाँकि नै भएकोले तपाईँले यति सानो विषयलाई यति मेहनत गरेर प्रश्न गर्नु भएको होला । विषय बस्तुलाई भावुक बनाउने उदेश्यले झापाका अनेक कुराहरूलाई काब्यात्मक शैलीमा जोड्दै सबैको ध्यानआकर्षण गर्ने चेष्टा पनि गर्नु भएको रहेछ । तर राजनीति भावुकता भन्दा अलि माथिको विषय हो जस्तो लाग्छ । नत्र हिजो आफ्नै कार्यकर्ताहरूको संहार गर्ने माओबादीसँग आज तालमेल विलकूल हुने थिएन, जो भएको छ । यति हदसम्मको राजनीतिक दृष्य पचाउने जनताले मलाई लाग्छ अबस्य बुझ्नेछन् कि केपी ओली किन झापा झरेनन् या उनले तपाईले भने झैं झाँपै झर्नु पर्ने कुरा कति सान्दर्भिक थियो ? अर्थात् यो आऊँदो स्थानीय चुनाबको निम्ति मसलाको रूपमा तपाईले जानाजान सिर्जना गर्न खोजेको खटिरा मात्र पो हो कि ? यी सबै कुरा आगामी दिनले पुष्टि गर्नेछन् ।

तर मलाई लाग्छ – एकचोटी देशको प्रधानमन्त्री भइसकेको मान्छे झापाबाट भोट हाल्दा -झापाको, भक्तपुरबाट भोट हाल्दा -भक्तपुरको, रूकुमबाट भोट हाल्दा -रूकुमको र दोलखाबाट भोट हाल्दा -दोलखाको हुन सक्दैन । फेरि केपि ओलि अहिलेको हकमा एमालेको पार्टि अध्यक्ष पनि हुनुहुन्छ । मतलब एमालेलाई राष्ट्रब्यापी रूपमा प्रतिनिधित्व गर्नुहुन्छ । त्यसको मतलब भक्तपुरमा भोट खसाल्नु भनेको बाँकि देशभरका एमालेलाई उपेक्षा गर्नु कसरी हुनसक्छ ? अहिलेको हकमा उहाँ त एउटा सिम्बोल हो । यस्ता झिना कुरालाई वंग्याएर अनर्थमा परिणत गरेर विश्वप्रकाश शर्मा जस्ता होनहार आश गरेका नेताहरूले आफूलाई के प्रमाणित गर्न खोज्नुभएको हो थाहा पाउन मुस्किल परेको छ ।

केपी ओलीले के झापामा भोट हाल्दा मात्र झाँपाको हुने हुन् ? नत्र झापालाई उपेक्षा गरेको हुने हो ? के हरेक नेताले ऊ जहाँबाट आएको हो त्यहीको बारेमा मात्र सोच्नु पर्ने हो ? उसले देशको बारेमा नसोचे पनि हुने हो ?

लेखक:मणि भट्टराई

यहाँ र त्यहाँ भन्नु संकीर्णता हो । देशको बारेमा सोच्नेहरू र आफ्नो जिल्ला, क्षेत्रको बारेमा मात्र सोच्नेहरू बीचको फरक हुनसक्छ यो । यसरी नै जन्मने हो जातिवाद, अन्धता । यसरी नै कोरिने हुन् विभेदका रेखा । उसोभए रोल्पा,रूकुम, हुम्ला, जुम्लाबाट भोट जितेर आउनेहरूको हातमा डाडुपुन्यु नभएर नै अलि बढी त त्यहाँको विकास नभएको रहेछ हैन ? अनि त्यो भनेको राम्रो रहेछ त ? मेरो विचारमा मैले तँलाई भोट दिएको, तँ झाँपाबाट जितेको – तँ झाँपाको बारेमा धेर सोच भन्नु उचित होइन । देशको शिर्ष नेतालाई झापाले पोल्टामा हालेर हिंडिरहनु पर्छ भन्ने केही छैन । र केपि ओलीले पनि झापालाई विशेष रूपमा बोकेर हिंड्नु पर्छ भन्ने पनि उचित होइन । यसमा झापाका जनताको दिलदुखाई पनि हुनुहुँदैन । ऊनी देशको बारेमा बढी केन्द्रित हुनुपर्छ । एमालेको प्रतिनिधित्व भनेको झापाको मात्र हैन त्यो कर्णालीका जनताको पनि प्रतिनिधित्व हो । केपी मात्र हैन देउवा र प्रचन्ड पनि उही स्थानमा छन् । अरू पनि । किनकी इतिहासले देशको कुनै एक भूभाग मात्र विकसित भएर देशमा प्रगति र शान्ती हुनसक्दैन भन्ने देखाइ सकेको छ ।

किन विश्वप्रकास दाइहरू केपीले कहाँ भोट खसाए यसको चासो लिंदै एमालेका कार्यकर्ताले पनि केपीसँग मन दुखाए भन्दै हिंड्नु परेको छ ? किन कांग्रेस भएर पनि एमालेका कार्यकर्ताको यति धेरै पीडा बुझ्नु परेको छ ? यसको सहजै अनुमान जो कोहीले लगाउन सक्छ । जो झापामा आउँदै गरेको स्थानीय निर्बाचनले दाइहरूलाई दिएको तनाव हो । हजुरहरूजस्ता युवा नेतालाई पछि पार्दै केपी ओली र उहाँको संगठन माथि आयो भने पार्टि अध्यक्षबाट खाइने गाली हो । तपाईहरू माथिको क्षमताको प्रश्न हो । नत्र यो तपाईको कुनै चासोको कुरा पनि होइन । लाग्छ यो चुनाबको मुखमा बिरोधीलाई कसरी प्रहार गरौं भनेर सोचिरहँदा मनमा उब्जिएको एउटा रमाइलो पक्ष मात्र हो ।

मणि भट्टराई

हाल:अमेरिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah