काठमाडौँ /लकडाउनले संकट उत्पन्न भएको बेला वडा कार्यालयले घरसमेत भत्काइदिँदा सुनसरीको हरिनगरा गाउँपालिका क्षेत्रका २५ दलित परिवारको बिचल्ली भएको छ। लकडाउनको कारण बनिबुतो गर्न समेत नपाएर भोकभोकै बसेका दलित (मुसहर) परिवारको भएको सानो झुपडीसमेत वडा कार्यालयले भत्काइदिएको हो। घर भत्काइएपछि बिपन्न परिवार खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन्।हरिनगर ३ गौतमपुरमा बासोवास गदै आएका २५ दलित (ऋषिदेव) को घर बाटो बिस्तार गर्ने नाममा वडा कार्यालयले भत्काइदिएको हो। साविक गौतमपुर गाविस ८ मा वर्षौंदेखि सडक किनाराको ऐलानी पर्ती जमिनमा घर बनाएर सुकुम्बासी मुसहर समुदाय बस्दै आएका छन्।

बस्ने बैकल्पिक व्यवस्था नै नगरी सडक बिस्तार गर्ने नाममा वडा कार्यालयले मंगलबार र बुधबार डोजर लगाएर दलित परिवारको घर भत्काई दिएको हो। लकडाउनको मारमा परेको बेला घर नभत्काउन गरेको अनुरोधलाई समेत वडा कार्यालयले बेवास्ता गरेको पीडित परिवारको गुनासो छ।स्थानीय अधिकारकर्मी पिताम्बर ठाकुरका अनुसार बाटो फराकिलो पार्ने बहानामा लकडाउनको समयमा घर भत्काइदिएपछि बस्तीका २५ परिवारको बिचल्नी भएको छ। उनीहरु भत्काइएको घरमै खुल्ला आकाशमुनी शरण लिइरहेका छन्। लकडाउनको समयमा बिपन्न दलित समुदायको घर भत्काएर बिचल्नी बनाउँनु खेदजनक भएको दलित अधिकारकर्मी डिबी साह शंकरले बताए। ‘विपन्न दलित समुदायमाथि गाउँपालिकाले गरेको अत्याचारको हामी सशक्त प्रतिरोध गर्ने छौँ,’ उनले भने।

वडा कार्यालयले स्थानीय कमल ऋषिदेव, श्यामवती ऋषिदेव, महव ऋषिदेव, प्रदीप ऋषिदेव लगायत २५ बिपन्न दलित परिवारको घर भत्काएको हो। वडाध्यक्ष अरविन्द मेहताले गाउँपालिको निर्णय अनुसार नै सार्वजनिक बाटो विस्तार गरेको दाबी गरे। ‘हामीले कसैमाथि दमन गरेका छैनौँ, यो गाउँपालिकाकै निर्णण हो,’ उनले भने। गाउँपालिका अध्यक्ष गफार अन्सारी मियाँले भने वडा कार्यालयको योजना भएकाले आफूलाई सबै विषयको जानकारी नहुने दाबी गरे। ‘तर, सडक विस्तार गर्दा कसैलाई उठीबास बनाउने काम चाहीँ गर्नु हुँदैन,’ उनले भने। नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah