दमक। झापाका उद्योग बाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुले भोलि निर्णायक वार्ता गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा दिउँसो १२ बजे वार्ताका लागि बोलाएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सवाल नेपाललाई जानकारी दिनु भयो ।
वहाँले भन्नु भयो भोलि १२ बजेका लागि जिल्ला प्रशासन कार्यालयमा वार्ताका लागि बोलाइएको छ । श्रेष्ठले भन्नु भयो भोलिको वार्ता कस्तो हुन्छ त्यसअनुसार हामी अगाडी बढ्ने छौं ।
आँफूहरुले बुझाएको ज्ञापनपत्रलाई सकारात्मक लिदै वार्तामा बोलाएको पनि वहाँले बताउनु भयो । भोलिको वार्ता सकारात्मक हुनेमा आँफूहरु आशावादी भएको पनि अध्यक्ष श्रेष्ठले प्रतिक्रिया दिनु भयो । यद्यपी व्यापार व्यवसाय संचालन गर्नेतर्फ सहमति जुट्न नसके भोलि नै निर्णय लिने पनि श्रेष्ठले बताउनु भयो ।
झापाका ७ उद्योग बाणिज्य संघका अध्यक्षहरुले हस्ताक्षर गरी ३ दिने अल्टिमेटम सहित जिल्ला प्रशासन कार्यालयमा गत २० गते ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा बजार व्यवसाय, सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षाका अधिकतम उपाय अवलम्बन गर्दै संचालन गर्न गराउन अनुरोध गरिएको थियो ।
उनीहरुले विश्वभर फैलिएको कोरोना भाइरसका कारण व्यापार व्यवसाय चौपट भएको उल्लेख गर्दै तत्काल कोरोनाबाट मुक्तहुने अबस्था नरहेको भन्दै दैनिकी सहज बनाउन समेत अनुरोध गर्दै आएका छन् ।



