बिष्णुप्रसाद पोखरेल
मालपोत र नापी कार्यालय घूस नख्वाइ काम नहुने अड्डाको रुपमा बिकृत भएको भन्दै धेरैले आलोचना गर्छन् । घूस नख्वाइ काम नै नहुने र घूसको कारोबार खुलमखुल्ला हुन्छ भनेर खुलेआम नै भन्ने गरेको पाईएको हो । जब सोमबार दमकको नापी कार्यालयबाट झण्डै सातलाख सहित एक नापी सर्वेक्षक पक्राउ परे धेरैले भने ‘खुचिङ’ । हामीले समचार हालेपछि इनबक्समा नापी र मालपोतका कर्मचारीहरुले भल्नाभल्नाले यति घूस खाएको भनेर आउन थालेको छ । आवश्यक प्रमाण दिन आग्रह गर्दा घूस ख्वाएको प्रमाण नभएको जनाउदै आवश्यक प्रमाण जुटाउन पनि तयार रहेको उनिहरुले बताएकाछन् ।
यतिधेरै घूसबाट सर्वसधारण सेवाग्राहि प्रताडित रहेकाछन् की जून आक्रोश हिजो घूस्याह कर्मचारी पक्राउ परेपछि आएको छ । उनिहरुले खुलेर मालपोतमा र अहिलेको नापीको बिशेष टोलीमा पनि छापा मार्न र पक्राउ गर्न माग गरेकाछन् । एउटा नक्सा लिनका लागि कार्यलय सहयोगिलाइ नै १ सय देखि ५ सय रुपियासम्म घूस दिनुपर्ने र सानो कामका लागि कर्मचारीलाइ फायल खोज्नु १ हजार देखि १५ सय र अधिकृतहरुलाइ सहि गराउदा ५ हजारसम्म कम्तिमा पनि यि कार्यालयमा घूस ख्वाउनु पर्ने बाध्यता सेवाग्राहिको छ ।
एकदिनमा नै मालपोत र नापीमा अहिले तरंग त आएको छ तर यसले परेको बानीलाइ हटाउछ भन्न सकिन्न । अब घूस लेनदेन शर्तकताका साथ हुनेछ होला पक्कै । तर सेवाग्राहि घूसको कारोबार नै नहोस भन्ने चाहान्छन् । बिडम्बना घूस ख्वाएन भने एकदिनमा सकिने काम एकक्षणमा सकिने काम गर्न धेरै पटक धाउनु पर्छ । यस्तो अवस्थाको अन्य हुनुपर्छ । घूस्याह कर्मचारीहरुलाइ यसरी नै छानेर पक्राउनु पर्छ । मालपोत र नापी कार्यालयलाय घूस खाने अड्डा नभएर जनताको कार्यालयको रुपमा चिनाउनु पर्छ ।



