दमक। लकडाउनसँगै बन्द भएका मालपोत कार्यालयहरू अढाई महिनापछि खुलेका छन् । कार्यालय खुलेपनि सेवाग्राहीले भने सेवा पाउने छैनन् । सरकारले कोरोना भाइरस रोकथामका लागि गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनको अवधि नसकिँदै देशभरका भूमिसुधार तथा मालपोत कार्यालयहरू आजदेखि खुला गरेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार नै एक सूचना जारी गरेर आइतबारदेखि मालपोत कार्यालय खुल्ने जनाएको थियो । यससँगै  देशभरका मालपोत कार्यालयले केही निश्चित सेवाहरू सुरू गरेका छन् ।

आजबाट १० बजेदेखि नै कार्यालय खुलेपनि कार्यालयबाट आन्तरिक प्रशासन, न्यूनतम मूल्यांकन, मुआब्जा, तलबभत्ता, अड्डाअदालन, महालेखा बेरूजु जस्ता कार्यहरू मात्र सम्पादन हुने जनाइएको छ । तपाई कार्यालय जानु भयो भने कर्मचारीहरु गफ गर्दै बसेको देख्नु हुनेछ । किनकी सरकारले सेवाग्राहीका लागि सेवा दिन भनेर नभई आन्तरीक कामका लागि मात्र खुला गरेको सूचना जारी गरिसकेको छ । जुन मालपोत कार्यालयको गेटमा टाँसिएको सूचनाबाट पनि प्रस्ट हुन्छ । यस्तै दृश्य झापाको दमकमा पनि देखियो । र देशभरकै अबस्था यस्तै छ ।

यस्तो छ दमकको मालपोत कार्यालयको गेटमा टाँसिएको सूचनाको व्यहोरा । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah