पोखरा। गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा नवलपुरका १२ जना, बागलुङका ११ जना र म्याग्दीका १ जना रहेको गण्डकी प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना क्रमितको संख्या १ सय ४४ पुगेको छ ।




