कुनै पनि विचारको आयु त्यति रहस्यको विषय होइन जति ब्यक्तिको आयुका विषयमा रहस्य छ । ब्यक्तिको जन्म र मृत्यु अहिलेसम्म प्राकृतिक रहस्य हो, झनै जननेता मदन भण्डारीको निधन प्राकृतिक र सहज नभएर रहस्यमय दुर्घटनामा भएको थियो । मदन भण्डारीले नेपाली राजनीतिलाई जुन विचार दिनु भयो र उहाँको निधन जसरी रहस्यपूर्ण रुपमा भयो, यी दुबै कुराले नेपाली समाजमा एउटा कम्पन पैदा गरिरह्यो । नेपालको राजनीतिक इतिहासमा ब्यक्तिले दिएको विचार र उसको भौतिक अवसान दुबैले समानान्तर मानसिक कम्पन पैदा गर्ने कुनै घटना छ भने त्यो मदन भण्डारीको जनताको बहुदलीय जनवादी विचार र दासढुंगा दुर्घटना हो ।

यस हिसावले भन्दा मदन भण्डारीका विचार, जसले जो कसैको पनि दिमागलाई हल्लाउन बाँकी राखेन, चाहे उहाँको पार्टीका समर्थक होउन् वा कट्टर विरोधी । जतिवेला उहाँको निधन भयो, त्यसबेला उहाँका अनुयायी वा विरोधी दुवैले ब्यक्त गरेका भावले त्यसको पुष्टि गर्छ । अनि मदन भण्डारीलाई पछ्याउन पनि कुनै विचार समुहको मान्छेले छुटाएन, चाहे परम्परागत कम्युनिस्ट ब्यवस्थालाई दानवीय चित्रमा उतारेर विरोध गर्ने होउन् वा  क्रान्तिका शास्त्रार्थमा मात्रै परिवर्तनको मायावी सपना देख्ने जडसुत्रवादी ।

आज राष्ट्रले हिंडेको बाटोलाई हेरेर भन्ने हो भने मदन भण्डारीले २७ वर्षअघि नेपालको संविधान निर्माण गर्दा अगाडि सार्नु भएका विचार राष्ट्रको गन्तब्य बन्न पुगेको छ । राजनीतिमा मदन भण्डारीका विचारको जिवन्तताको यो भन्दा ठूलो प्रमाण अहिलेलाई अरु चाहिंदैन ।

आफूलाई प्रजातान्त्रिक विचारकेन्द्रको मसिहा ठान्ने धेरैलाई अझै भ्रम हुनसक्छः हामी लोकतान्त्रिक शक्ति हौं, मदन भण्डारी कम्युनिस्ट । तर, नेपालको लोकतन्त्रका लागि कम्युनिस्ट पार्टीहरुले गरेको कुर्वानीलाई नजरअन्दाज गर्ने र प्रजातन्त्रको परम्परागत खोलले परिवर्तनका सामाजिक आकांक्षालाई छोप्न खोज्नेहरुको खोल मदन भण्डारीले च्यातिदिनु भयो । प्रजातन्त्रवादी भनिएको कित्ताको कुन विचारक छ, जसले ०६२÷०६३ सालको परिवर्तन र संविधानसभाबाट निर्मित संविधानमा तार्किक विमति राख्न सक्छ ? तार्किक विमति नराख्ने मात्र होइन संविधानसभाले जारी गरेको संविधानको जस लिन खोज्ने जो कुनै दलले मदन भण्डारीलाई मैले पछ्याइनँ भन्ने ठाउँ छैन । जुन संविधानको गर्भाधान मदन भण्डारीले ०४७ सालमा २७ बुँदे आफ्नो दृष्टिकोणमार्फत गर्नु भएको थियो ।

मुलुकमा क्रान्तिकारी परिवर्तनका लागि हतियार उठाउनुलाई मात्रै वैचारिक चारित्रिक शुद्धताको मानक ठान्ने तर, समाजको समकालीन चेतनामा उथलपुथल ल्याउने मदन भण्डारीलाई संशोधनवादी भन्नेहरु अहिले कहाँ छन् ? त्यस धुरीका जडसुत्रवादीहरु अहिले पनि शब्दमा मदन भण्डारीको विरोध गर्न त सक्लान् तर, ब्यवहारमा उनीहरु मदन भण्डारीको बाटो पछ्याउन वाध्य छन् । परिवर्तनका लागि हिंसाको अनिवार्यताका कल्पनाकार शक्तिहरुले फर्केर आज हिंडेको बाटो मदन भण्डारीका विचारको सत्ययताको अर्काे मापक हो ।

मदन भण्डारीका विचारमा कुनै रहस्य थिएनन्, बरु परिवर्तनको सामाजिक आकांक्षालाई उन्नत लोकतान्त्रिक प्रणालीमा स्थापित गर्ने पारदर्शी र स्पष्ट योजना थिए । तर, मदन भण्डारीको निधन रहस्यपूर्ण थियो र आजसम्म पनि रहस्यको त्यो गर्भ खुलेको छैन ।

एउटा ब्यक्ति सहजै बाँच्ने सामान्य उमेरसम्म पनि मदन भण्डारी बाँच्न पाउनु भएन । ४१ वर्षकै उमेरमा रहस्यमय दुर्घटनामा उहाँसँगै सहयात्री जीवराज आश्रितको निधन भयो । यो कठीन प्रश्न हो कि जसको सिंगो जीवन नै ४१ वर्ष मात्रै भयो, उसले मुलुकलाई शताब्दीभर मार्गदर्शन गर्ने विचार कसरी दिन सक्यो ? वा मुस्कीलले ३ वर्ष खुला राजनीतिक जीवन अंगालेको ब्यक्तिले त्यति छोटो समयमै सिंगो मुलुकलाई आफ्नो पछाडि हिंडाउने सामथ्र्य कसरी राख्यो ? कतै माथिका यी बलिया प्रश्नहरुले आर्जन गर्ने नतिजालाई नरुचाउने शक्तिले उहाँको हत्या गरेको त होइन ? नत्र मुलुकलाई यति प्रभावशाली विचार दिन सक्ने राजनेताको रहस्यमय निधन भएको २४ वर्षसम्म राज्य किन मौन बस्यो ? सिंगो राष्ट्रको हृदयमा कम्पन ल्याउने दासढुंगा काण्डको चिरफार गर्ने र सत्यतथ्य पत्ता लगाउने काम किन भएन ? यस प्रश्नको जवाफ मदन भण्डारीको मार्गदर्शनमा स्थापित राजनीतिक प्रणाली र त्यस अन्तर्गतको राज्यले दिनु पर्छ । अझ स्पष्ट जवाफ उहाँको पार्टी एमालेको नेतृत्व जो पटक पटक सरकारमा पुगेको छ, त्यसले दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah