बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा हरितमैत्री औधोगिक पार्क बन्ने निश्चित भएको बताईएको छ । चीनले ‘वान वेल्ट वान रोड’ अन्र्तगत दमकमा क्लिन इण्डष्ट्रियल पार्क बन्ने निश्चित भएको दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत यूवराज दाहालले बताएकाछन् । चीनमा नेपालका अर्थमन्त्री कृष्णबहादुर महराले यस बिषयमा सम्झौता गरेको बताइन्छ ।

तीन महिनाभित्रमा चीनले यहाँ आएर बिस्तृत अध्ययन शुरु गर्ने पनि बताईएको छ । दमकको वडा नं. १० र हाल साविक १८ र १९ वडामा २ सय बिगाह जग्गाको ब्यवस्था भइसकेको छ । ५ सय बिगाहमा निर्माण हुने भनिएको पार्कका लागि चीनले करिब ३ सय अरब लगानी गर्ने र यहाँ १ लाखले रोजागारी पाउने कार्यकारी प्रमुख कार्यकारी अधिकृत दाहालले जनाएकाछन् ।

पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत अन्तराष्ट्रिय मापदण्डका ९० उद्योग स्थापना हुनेछ । भित्र ४० प्रतिशत खुला क्षेत्र, स्कुल, बैंक, हस्पिटल, सपिङ मल, मजदुर आवास लगायत बन्नेछन् । यो पूर्ण रुपमा हरित र वातवरण मैत्री हुने पनि बताईएको छ । यस क्षेत्रका साँसद तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारम्बार रुपमा दमकमा औधोगिक पार्क र बुद्ध मूर्ति बनाइ छाड्ने दाबी गर्दै आएका थिए ।

चीनले नेपाल, भारत, बंगलादेश र म्यानमारको बजारमा आफ्नो पहुँच विस्तार गर्न दमकमा इन्डस्ट्रियल पार्क निर्माण गर्न लागेकाले यो दमक नयाँ बिकासको युगमा प्रवेस गरेको बताइन्छ । रतुवा खोलाको धारमा भएकाले रतुवा खोलाको तटबन्धन र पुलको निर्माणलाइ तिब्र गतिमा बढाउने कार्य भइरहेको पनि जनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah