लकडाउनकै बेला पनि देशमा झण्डै ३२ करोड रुपैयाँबराबरका मोबाइल हेन्डसेट भित्रिएका छन्।

देशभर व्यापार व्यवसाय ठप्प भइरहेका बेला ३२ करोड मूल्यका १ लाख ८० हजार मोबाइल हेन्ड सेट आयात भएको भन्सार विभागले जनाएको छ।

चालू आर्थिक वर्षको तथ्यांकअनुसार पछिल्लो दश महिनामा १४ अर्ब ६८ करोड ९० लाख रुपैयाँबराबरको ३९ लाख ५१ हजार ३ सय ७ मोबाइल हेन्डसेट आयात भएका छन्।

त्यस्तै, लकडाउन सुरु हुनुअघि अर्थात् चालू आर्थिक वर्षको ८ महिनामा १४ अर्ब ३७ करोड ४ लाख रुपैयाँबराबरका ३७ लाख ७१ हजार ४ सय ४३ वटा हेन्डसेट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

यस हिसाबले हेर्दा चैत र वैशाख महिनामा मुुलुकमा ३१ करोड ८६ लाख २७ हजार रुपैयाँबराबरको १ लाख ७९ हजार ८ सय ६४ वटा सेट आयात भएको देखिन्छ।

भन्सार तथ्यांक हेर्ने हो भने नेपालमा मोबाइल सेटको आयात दर घट्दै गएको छ। चालू आर्थिक वर्षमा केही मात्रामा मोबाइल आयात बढेको देखिए पनि गत वर्ष २२ प्रतिशतभन्दा धेरैले घटेको थियो।

व्यवसायीहरुले अनधिकृत रुपमा मोबाइल हेन्डसेट पनि भित्रिरहेको बताउँदै आएका छन्। उनीहरुका अनुसार हाल मोबाइलको बजारमा ४० प्रतिशत सेट चोरीपैठारीबाट आइरहेका छन्।

भन्सारको तथ्यांकमा मोबाइल आयात घटेको देखिए पनि नेपालमा एक्टिभेसन भएका मोबाइलको संख्या हेर्ने हो भने आयात बढ्दै गएको व्यवसायीको भनाइ छ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकमा १९ अर्ब २७ करोड ७० लाखबराबरको ४२ लाख ७५ हजार ५ सय मोबाइल हेन्डसेट आयात भएका थिए।

त्यसअघि २०७४/०७५ मा २४ अर्ब ८७ करोड ८३ लाख ७८ हजार रुपैयाँ बराबरको ६२ लाख २३ हजार ६ सय ६५ वटा मोबाइल हेन्डसेट भित्रिएका थिए।
दुई वर्षको तुलना गर्दा साढे २२ प्रतिशत अर्थात् ५ अर्ब ६० करोडले मोबाइल आयात घटेको थियो।नेपाल खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah